Motivate News

मेसीको चार गोलमा बार्सिलोना विजयी

 

असोज ४,काठमाडौं – लिओनल मेसीले ४ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनासँग एइबारले आधा दर्जन गोल खाएको छ।

सिजनमा उत्कष्ट प्रदर्शन गरिरहेको बर्साले सतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति मेसीले हयाट्रिकसहित ४ गोल गरेपछि एइबारलाई ६–१ फराकिलो गोल अन्तरतमा पराजित भयो।

बार्सिलोनाको घरेलु क्याम्प नेउमा भएको खेलमा मेसीले २० मिनेटमै पहिलो गोल गरेका थिए। पेनाल्टीबाट पहिलो गोल गरेका उनले थप तीन गोल दोस्रो हाफको ५९, ६२, ८७ मिनेटमा गरेका थिए।

बार्सिलोनाका थप गोल यसै सिजन अनुबन्धित पाउलिन्होले ३८ मिनेटमा गरेका थिए भने अर्को गोल डेनिस सुआरेजे ५३ मिनेटमा गरेका थिए।

प्रतिकृया दिनुहोस्

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

लन्डन – आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र...

आईपीएलः हैदरावाद ९ विकेटले विजयी, दिल्ली प्लेअफबाट बाहिरियो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ । टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको...