Motivate News

सिरहाको अर्नमा गाउँपालिकामा माओवादीसँग १ मत हारिन् एमाले उपमेयर

असोज ५,काठमाडौं – सिरहाको अर्नमा गाउँपालिकाको उपमेयरमा मात्र एक मतले जीत हार भएको छ। माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया मात्र १ मतले विजयी भएकी हुन्। उनले २२९९ मत ल्याइन्। एमालेकी उम्मेदवार रामकुमारी महतो केवल १ मतले पराजीत भइन्। उनले २२९८ मत प्राप्त गरिन्।

गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अध्यक्ष जितेको छ। माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका हुन्। उनले २४३६ मत प्राप्त गरेका हुन्। महतोले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे। मण्डलले २२०९ मत प्राप्त गरे।

प्रतिकृया दिनुहोस्

पिएसजीको अपराजित यात्रा कायम, नेइमारलाई रेड कार्ड

  कार्तिक ६, काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो अपराजित यात्रा कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीसँग २–२ को बराबरी खेलको हो । १६ औं मिनेटमा लुइज गुस्तावोले गोल...

उपत्यकामा १० वर्ष मेडिकल कलेज खाेल्न नपाइने

  कार्तिक ६, काठमाडौं -सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ आै अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो ।अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ...

जाजरकोटमा पूर्व गृहमन्त्री बस्नेत विरुद्ध बागी उम्मेदवार

  कार्तिक ६,जाजरकोट – केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ। माओवादी केन्द्र र एमालेको गठवन्धनको सहमति अनुसार भएको प्रतिनिधिसभा र प्रदेशसभामा सीट वाँढफाँढको तालमेल जिल्लास्तरमा कार्यन्वयन नभएपछि गठवन्धन अप्ठेरोमा परेको हो । आइतबारसँगै उम्मेदवारी...

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ३, काठमाडौँ – नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल...