Motivate News

ग्यास उद्योगीले झुटो विवरण देखाएर यसरी ५ अर्ब झ्वाम पार्न लागेका रहेछन !

असोज ६, काठमाडौं – ग्यास उद्योगीले झुटो विवरण देखाएर झण्डै ५ अर्ब क्षतिपूर्ति दावी गरेको खुलेको छ । न्यून संख्यामा निर्माण भएका ग्यास बुलेटलाई धेरै देखाएर उद्योगीले सरकारसँग क्षतिपूर्ति दावी गरेका हुन् ।

नेपाल आयल निगमले २७ असार ०७३ मा नेपाली नम्बर प्लेटका सात सय ७५ थान बुलेटलाई सञ्चालन अनुमति दिएको थियो । सोहीबमोजिम निर्माणको अर्डर गरेको बताउने व्यवसायीले बढी क्षतिपूर्ति दावी गर्न निर्माण भएका बुलेटको यथार्थ संख्याभन्दा बढी देखाएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताएका छन् ।
नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न दिन भारत तयार नभएपछि पछिल्लो समय व्यवसायीले सरकारसँग लगानीको क्षतिपूर्ति दावी गर्न थालेका छन् । सोअनुसार बढी क्षतिपूर्तिका लागि व्यवसायीले फर्जी विवरण पेश गरेको स्रोतको दावी छ ।

ग्यास उद्योग संघले गत साउन २६ गते जारी गरेको प्रेस विज्ञप्तीमा हालसम्म करीव चार सय बुलेट भारतका विभिन्न निर्माण कम्पनीमा निर्माण भइसकेको उल्लेख छ । संघका अनुसार दुई वटा बुलेट भने १० महिनाअघि नै निर्माण सम्पन्न भएर नेपाल भित्रिसकेका छन् ।

संघले बुलेट निर्माणका लागि करीव पाँच अर्ब रुपैयाँ लगानी गरेको दावी गरेका छन् । त्यसमा एउटा बुलेटका लागि ७० लाख रुपैयाँका दरले चार सय बुलेटका लागि तीन अर्ब रुपैयाँ लगानी भइसकेको दावी संघको छ ।

संघले व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा पनि यही जानकारी गराउँदै आएका छन् ।

तर, शुक्रवार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलले गलत विवरण दिएर व्यवसायीले सरकारलाई ठग्न खोजेको आरोप लगाए ।

‘हामीसँग अहिले भएको डाटाअनुसार ५३ वटा बुलेट भारतमा तयारी अवस्थामा छ,’ मन्त्री मण्डलले भने, ‘तर, व्यवसायीले हामीसँगै सात सय ७५ वटा बुलेट तयार भएको विवरण पेश गरेका छन् ।’

उद्योगीहरुले सरकारसँग झण्डै ५ अर्ब क्षतिपूर्ति दावी गरेका छन् ।

व्यवसायीले सरकारलाई झुटो विवरण पेश गरेको उनले बताए । तत्कालिन अवस्थामा आयल निगमबाट स्वीकृति दिँदैको बखतमा कैफियत भएको उनले बताए ।

‘हामीले यथार्थताका आधारमा डिल गर्नुपर्छ,’ उद्योगीप्रति संकेत गर्दै मन्त्री मण्डलले भने, ‘तर, यहाँ ठूलो कैफियत देखिएको छ, यस्तो कुरा गर्नुहुन्छ भने मन्त्रीको हैसियतले म केही पनि सहयोग गर्दिन ।’ व्यवसायीको गलत क्रियाकलापको आफू साक्षी आफू बस्न नसक्ने उनले बताए ।

व्यवसायीले पेश गरेको विवरण कागजमामात्रै सीमित भएको उनले बताए । भारतमा कति बुलेट निर्माण भएका छन्, त्यसको वास्तविक तथ्याङ्क आउनु आवश्यक भएको उनको भनाइ थियो ।

व्यवसायीले सरकारलाई भ्रममा पार्ने प्रयास गरेको मन्त्री मण्डलले बताए । यस्ता गतिविधिमा आफ्नो सहयोग नरहने पनि उनले स्पष्ट पारे ।

हालसम्म नेपालमा ढुवानी गरिरहेका भारतीय बुलेटलाई विस्थापित गरेर एकैपटक नेपाली बुलेट भित्र्याउने प्रयास गर्दा यस्तो समस्या निम्तिएको उनले बताए ।

‘नेपालको ग्यास ढुवानीमा भारतीय व्यवसायीको ठूलो लगानी छ,’ उनले भने, ‘उनीहरूलाई एकैपटक बहिष्कार गर्ने कुरा त्यति मिल्दैन थियो कि !’

बुलेटको अवस्थाबारे बुझ्न भारत जाँदै मन्त्रालय टोली

आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्द पौडेलले बुलेटका सम्बन्धमा अनुगमन गर्न मन्त्रालयको टोली भारत जाने तयारी गरेको बताएका छन् । व्यवसायीले दावी गरेको विवरण र वास्तविक अवस्थामा ठूलो अन्तर देखिएपछि त्यसबारे बुझ्न भारत भ्रमणमा जान लागेको उनले बताए ।

‘अहिलेसम्म कति बुलेटको अर्डर दिइयो, कति बने, तीनको अवस्था कस्तो छ भन्ने सम्बन्धमा उक्त टोलीले अध्ययन गर्नेछ,’ मन्त्रालयका निमित्त सचिव पौडेलले भने, ‘त्यसैका आधारमा बाँकी प्रक्रिया अघि बढाउनेछौं ।’

प्रतिकृया दिनुहोस्

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक

  असोज ३१,काठमाडौँ – दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ...

जाँदाजाँदै सांसदले बाँडे अर्बौ रुपैयाँ

असोज ३०, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले अर्बौ रुपैयाँ बाँडफाँड गरेका छन्। यो खबर दिलिप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्। पदावधि सकिनैलाग्दा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेटबाट बाँडेका छन्।...

चुनावमा खटिने म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च हुने

असोज २९, काठमाडौँ- आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँ भन्दा बढी भएको हो । आम...

तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने

  असोज २९, काठमाडौँ- तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले...