Motivate News

साफ यू १८ च्याम्पियनसिप : नेपालद्वारा माल्दिभ्स २-० ले पराजित

असोज ६, काठमाडौं – नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो ।

दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो । रोमन लिम्बुले सातौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए ।पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा सबैले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका दुई शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बुधबार यता घरेलु मैदानमा एएफसी यू १६ छनोटको पहिलो खेलमा इराकसँग १–० ले पराजित नेपाल भुटानमा पनि त्यहि अन्तरमा पराजित भएको थियो । आज नेपालले यू १८ र यू १६ मा हार्नु परे । घरेलु मैदानमा यू १६ टोलीले भारतसँग २–२ को बराबरी खेलेको थि । भारत त्यहि टोली हो जसले गत महिना नेपाललाई २–१ ले हराउँदै साफ यू १५ च्याम्पियन बनेको थियो ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...