Motivate News

सरोज शाहको ‘शब्द सलोनी’ तथा नूतन भुषालको ‘नूतन कृति’ लोकार्पण

काठमाडौं – सङ्गीतकार सुनिल मास्केको एकल संगीतमा गीतकार सरोज शाहको ‘शब्द सलोनी’ तथा नूतन भुषालको ‘नूतन कृति’ को लोकार्पण गरिएको छ ।

राजधानीमा एक विशेष कार्यक्रम गरि चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल​, गीतकार दिनेश अधिकारी,गायक दिपक जंगम,दीप श्रेष्ठ​, गीतकार एस पी कोईराला लगायतको हातबाट बिमोचन गरिएको छ । दुवै एल्बम भाईब्स कृयसनद्वारा बजारमा ल्याईएको हो ।

कार्यक्रममा दुवै एल्बमको एक एक  भिडियो पनि देखाइएको थियो । दुवै भिडियोलाइ निर्देशन युवराज वाईवाले गरेका हुन् । दुवै एल्बमको विषयमा कार्यक्रममा उपस्थित दिग्गज कलाकर्मीहरुले समिक्षा गरेका थिए । गीतकार सरोज शाह बैदेशिक रोजगार ब्यावसायमा सकृय छन भने नूतन प्रधान ईजरायलमा बसोबास गर्छिन​।

प्रतिकृया दिनुहोस्

मेलिना र तलमानको आवाजमा ‘चिसो बतास’ (हेर्नुस भिडियो)

काठमाडौँ – मेलिना राई र तलमान मगरको आवाजमा रोमान्टिक पप गीत ‘चिसो बतास’ सार्वजनिक गरिएको छ । मबिन्द्र राइको शब्द संगीतमा रहेको गीतलाई टेकेन्द्र यक्सोले एरेन्ज गरेका हुन् । गीत ‘नियती’ एल्बममा समाबेश गरिएको छ । उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको...

सुशिला पाठकको आवाजमा अम्बिका गुरुङको गीत ‘लौ आयो तिहार’ (हेर्नुस भिडियो)

काठमाडौँ – हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गीतकार अम्बिका गुरुङको ‘लौ आयो तिहार रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । सुशिला  पाठकको आवाजमा रहेको उक्त गीतलाई राजिब शाहले संगीत भर्नु भएको छ । गीतको लिरिकल भिडियो पनि युट्युब मार्फत सार्वजनिक गरिएको छ...

अम्बिकाको लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ (हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङले  तिहारको लक्ष्मी पूजाको लागि लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्  । केहि समय अघि  युट्युब मार्फत सार्वजनिक गरीएको गीतलाई तिहार लक्ष्मी पूजालाई प्राथमिकता दिदै प्रचारप्रसार गर्न सुरु  गरिएको हो । मिना सिंहको आवाजमा...

लाउरे (आशिष राना) को नयाँ म्युजिक भिडियो ‘सुपररागा…’

काठमाडौँ – लाउरे (आशिष राना) को नयाँ म्युजिक भिडियो चर्चामा छ । ‘सुपररागा…’ शीर्षकको भिडियो दुई हप्तादेखि नेपाल युट्युब ट्ेरन्डिङ भित्र परिरहेको छ । आइतबारसम्म यसको भ्युज ९  लाखभन्दा बढी थियो । कमेन्ट्स दुई हजार । यसमा एडमले सेरिफको संगीत छ भने...