बाङ्गेमुढामा सिभिल बैंकको नयाँ शाखा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
5.8K
SHARES

काठमाडौं –सिभिल बैंकले काठमाडौंको बाङ्गेमुढामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा आइतबार बैंकका अध्यक्ष इच्छाराज तामाङ र काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले उद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भुरुङ्गखेलमा रहेको प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मतसम्भार तथा सजावटका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ । रकम बैंकका अध्यक्ष तामाङले विद्यालयकी प्रतिनिधि सुरभी श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सिभिल बैंकको हालसम्म नेपालभर १ सय ११ वटा शाखा रहेका छन् । ४ लाख ३० हजारभन्दा बढी ग्राहक रहेको, करिब ५३ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरि करिब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।