Motivate News

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

असोज १०, काठमाडौं- बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका छन्।

जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो।

अरूबेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए।

‘छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन्’, उनले भने। विरामी छोरा बोकेर राजाराम घर फर्किदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो।

नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरू बिरामी जाँच्न छाडेर सोमबार बिहान साढे १० बजेबाट मध्यहान्ह १२ बजेसम्म जिल्ला प्रशासन अगाडि धर्नामा बसेका छन्।

प्रतिकृया दिनुहोस्

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन...