सगरमाथा सम्वाद स्थगित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
13.2K
SHARES

काठमाडौं–चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोडिभ–१९) को प्रकोप विश्वभर फैलिए पछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ ।

जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिनेगरी आगामी २० चैतदेखि तीन दिन सगरमाथा सम्वाद गर्ने सरकारले तयारी गरेको थियो । थुप्रै देशहरुलाई निमन्त्रणा समेत दिइएको थियो । तर, कोरोना भाइरसको प्रकोप फैलिएपछि यो कार्यक्रम स्थगित गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

सगरमाथा सम्वाद कार्यक्रम स्थगित भएको जानकारी दिन आजै पत्रकार सम्मेलन गरिदैछ । सरकारले नेपाल भ्रमण वर्ष–२०२० पनि स्थगित गर्ने तयारी गरेको छ । औपचारिक घोषणा हुन बाँकी रहे पनि नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी भएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको भ्रमण वर्ष कोरोना प्रकोपका कारण प्रभावित बनेको छ ।

छिमेकी चीन लगायत यूरो र मध्य पूर्वसम्म कोरोना फैलिएको छ । शनिबार नै विदेशमा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने निर्णय भइसकेको छ । अतिप्रभावित मुलुकहरुको उडान समेत रोक्ने सरकारले तयारी गरेको छ । सरकारले जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने उडान रोक्ने तयारी गरेको हो ।