Motivate News

गौचन हत्याको जिम्मा मनोज पुन समूहले लियो, तीन जना पेस्तोलसहित पक्राउ

असोज २३, काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ । काठमाडौंका एक प्रहरी अधिकृतलाई अननोन नम्बरबाट फोन गर्दै घटना मनोज पुन समूहले घटाएको र आफू त्यस समूहको सदस्य भएको दाबी गरेका थिए । मनोज पुन समूहले गएको वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या गरेको थियो ।

पुन भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।
यसैबिच प्रहरीले संलग्न भएको आरोपमा तीन जनालाई पेस्तोल र तीन राउण्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी एसएस्पी प्रमुख रविन्द्र धानुकले मिनभवनमा हत्यारा नपक्रिएसम्म शव नबुझने भन्दै आन्दोलन गरेका निर्माण व्यवसायीसँग तीन जना पक्रिसकेको दाबी गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्

टेण्डर दर्तामा कांग्रेसनिकट ब्यावसायी चढेको गाडीमा ढुंगामुढा प्रहार

  सिन्धुपाल्चोक । मध्ये भोटेकोशी आयोजनाले आह्वान गरेको टेण्डर फर्म बुझाउने क्रममा ढुंगामुढा भएको छ । झडपपछि आयोजनाले टेण्डर दर्ता हाल स्थगन गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन साउन ४ गते फर्म दर्ता गर्न जाँदा गोले निर्माण सेवाका सञ्चालक कुमार तामाङ...

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...