Motivate News

पहिलो चरणको निर्वाचन सार्ने सरकारको प्रस्तावमा राष्ट्रपति असहमत

 

असोज २४, काठमाडौं – सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन ३१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

तर, राष्ट्रपति भण्डारीले निर्वचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् । निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए ।

‘अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समय अभाव हुने देखिएको छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्ने देखिन्छ’ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गदर्ला कत्तिको उपयुक्त होला ?’

जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुख्य सचिवका लागि तीन सचिव प्रतिस्पर्धामा, को बन्लान त मुख्य सचिव ?

कार्तिक ६, काठमाडौं – मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै...

सिन्धुपाल्चोकको चुनाव पनि रोचक बन्नेः पशुपति शमसेर र अग्नी सापकोटा मैदानमा

शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

  कार्तिक ६,सिन्धुपाल्चोक – जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए । संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का...

वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

कार्तिक ६,बेनी – म्याग्दीमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ। आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। प्रतिनिधीसभाका लागि म्याग्दीबाट नेपाली काँग्रेसबाट सभापति खम्बीर गर्बुजा, वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा, राप्रपा प्रजातान्त्रिकबाट...

पहिलो चरणको निर्वाचनका लागी ८०२ जनाको मनोनयन

कार्तिक ६, काठमाडौं – आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।...