Motivate News

भूकम्पपीडितलाई सामुहिक जमानीमा ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने सरकारी निर्णय

असोज २४, काठमाडौं – सरकारले भूकम्प पीडितहरूका लागि बन्दै गरेको घर धितो राखेर तीन लाख रुपियाँ निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प पीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै पीडितको बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था लागू गरेको हो ।

सामूहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैङ्कहरूले भूकम्पपीडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उक्त कार्यविधिलाई संशोधन गरी बनिरहेको घर धितो राखेर भए पनि निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । सरकारले दिने तीन लाख रुपियाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋणले ठूलो सहयोग पुग्ने दाबी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गरे । उनले भने, ‘हामीले इजाजत प्राप्त सबै बैङ्कहरूबाट निब्र्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौँ, आशा छ, पछिल्लो व्यवस्थाले निजी आवास पुनःनिर्माणलाई थप गति दिनेछ । ’
गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्

सेनालाई यसरी दिइँदैछ सरकारले धमाधम पैसा

काठमाडौं – सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको खबर आजको नागरिक दैनिकमा छ । सरकारले यो आर्थिक वर्ष ०७४\०७५ को पहिलो...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

काठमाडौं – उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए)का कारण आर्थिकरूपमा थलिएको विद्युत् प्राधिकरणलाई यसैगरी चरम घाटा...

नेपालमा फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं – इन्धनको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै बुधबार नेपालमा पनि इन्धनको मूल्य बढाइएको हो । पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ र मटितेलमा २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । यो मूल्य बुधबार...

१०२ मेगावाटको मध्य भोटेकोसी दुई वर्ष भित्र सक्न निर्देशन

काठमाडौं – सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम दुई वर्षमा सम्पन्न गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चिता हुने एकीकृत...