Motivate News

स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना टुट्यो, आयरल्याण्डसँग १–० ले पराजित

असोज २४, काठमाडौं – स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत सोमबार राति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गोल गर्दै रिपब्लिक अफ आयरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आयरल्याण्डका लागि म्याकक्लिनकै गोल प्ले–अफमा स्थान बनाउन सहायक बन्यो भने वेल्सलाई त्यही गोलले छनौट चरणबाट बाहिरिन बाध्य पार्‍यो ।

यो खेल जितेको भए वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने मौका पाउने थियो । वेल्स बेल बिना खेलेको थियो । उनी चोटका कारण मैदान बाहिर थिए । वेल्स रहेको समूह ‘डी’ बाट शीर्ष स्थानमा रहेको सर्बियाले सोझै विश्वकपमा स्थान बनाएको छ । १९ अंक रहेको आयरल्याण्ड दोस्रो स्थानमा रहँदै प्ले–अफमा पुग्ने भएको छ । तर १७ अंक भएको क्रिस कोलेम्यानको टिम वेल्स भने बाहिरिएको छ । वेल्सलाई आयरल्याण्डसँगको खेलमा निकै महत्वपूर्ण थियो किनकी सर्बिया पराजित भएको र वेल्सले जितेको अवस्थामा उ सोझै विश्वकपका लागि छनौट हुन पनि सक्थ्यो । तर उ पराजित भयो र सर्बियाले पनि जित्यो ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...