Motivate News

अम्बिका गुरुङको कविता ‘शंका’

 मन्दिरका घण्टा हरु बजीरहेछन
टाढा टाढा
अशंख्य आवाजहरु निकालेर
आकाश गर्जी रहेछ
मुशुलधारे पानीको साथ् साथै
विधुती प्रहार गरेर
रुखहरु हल्ली रहेका छन
दश रेक्टरको भुइचालो  आए जत्तिकै
मेरा मनहरु बिचलित भैरहेका छन्
यी अनावश्यक प्रलापहरुले
म हिड्न खोज्छु
सडकहरु नदि बनि सकेका छन
पैतालाहरु सार्छु
पानि घुडा सम्म आउछ
साँझ  लम्किन्दै छ आफ्नै मन्द गतिमा 
मेरो किरिङ्ग मिरिङ्ग हस्तरेखामा
भाविले के लेखेको छ
मेरो जुनी यतिमै पूर्ण बिराम लाग्ने हो कि ?
चिन्ताले मेरो अनुहार खुम्चिञ्छ
म अधेरो कुनाको एक छेउमा उभिन्छु
खै कहाँबाट  एक पुरुषको एक्कासि  आगमन हुन्छ
एक दुश्राको आखामा चट्टान पर्छ
आश्र्याले उ मेरो अनुहार पढ्छ
म स्तम्भ हुन्छु
के उ धर्तीबाट उम्रेको हो ?
के उ आकाशबाट भर्खरै झरेको हो ?
म मेरो आखाहरू चारै तिर फैलाउछु
अनि आश्रय मानि सोध्छु
तपाइँ कसरि आउनु भो ?
म उसलाई नियालेर हेर्छु
कहिँ कतै उसलाई पानीको छिटाले छोएको हुन्न
उ मुसुक्क
हाँस्दै सरल भाषामा जवाब दिन्छ
म त यहि थिए
म सरमले निचरिन्छु
मेरो मुटुको धड्कन तेज तेजले बढछ
मेरा पैतालाहरु चल्बलाउछन
उ मेरो अनुहार राम्ररी पढ्दै 
शिष्टताको  साथ भन्छ
नआत्तिनुस!
म भद्र मान्छे हुँ
मेरो मुटुमा शाहास आउछ
अनि म शान्तिको सास फेर्छु
यतिकैमा बस आउछ
उ मुसुक्क मुस्कान छोड्दै बाइ भन्दै जान्छ
म अझै उभि रहेकी हुन्छु
निश्पसट्ट् अधेरी रातमा
उसको त्यो भद्र ब्यबहार र आकर्षक मुस्कानलाई
मन भरि अंगालेर…..

 

प्रतिकृया दिनुहोस्

अशान्तिहरु धर्तीमा ओर्लदैछन् !! कविता

अशान्तिहरु धर्तीबाट ओर्लदैछन् शान्तिले यो संसार छोडी रहेछ बम र गोलीको आवाज  सुन्यौ होला अब यो धर्ति फाट्दैछ लुप्त हुदैछ हाम्रा भबिष्यहरु वर्तमान  डर र त्रासमा झेली रहेछ अब त जाग मान्छेहरु अज्ञात बाटोमा हिड्न छोडी देऊ जहाँ  अन्धकार बाहेक केहि छैन स्वार्थी...

भाइको सम्झना अम्बिका गुरुङले यस्तो लेखिन मन छुने कविता

फूलसंग सोध्छु हरेक दिन यसपालली  त तिमी आउछ कि ? फूल मुस्कुराउँदै भन्छ मलाइ सात समुद्रपारीको बाटो भन्न गाह्रो छ मखमली फुल्दछ हरेक साल मेरो करेसो बारीमा सयपत्री झुल्दछ करेसो बारीमा सयपत्रीको थुंगा थुंगामा खोज्छु तिमीलाई तर मखमली फुलको पत्रपत्रमा हराउछ मेरो...

अम्बिकाको कविता ‘इश्वर तिम्रो लिला अपरम्पार छ’

इश्वर तिम्रो लिला अपरम्पार छ कसरी रच्यौ यो धर्तीमा प्रकृतिको अप्रितम सुन्दरता कसरी  सोच्यौ यो रंगीबिरंगी फुलहरु कसरि आविष्कार गर्यौ  त्यो आकाशमा चन्द्र, सुर्य अनि ताराहरु इश्वर तिम्रो महिमा गजबको छ चराहरुलाई कसरि बुद्दी दियौ त्यो रुखमा गुड बनाउनुपर्छ भनेर कमिलालाई ज्ञान...

पेशल आचार्यको हास्यव्यङ्ग्य ‘दिल्ली महात्म्य’

काठमाडौं – उहिले ऋषि मुनिका पालामा ‘अष्ठादस पूराणेसु व्यासास्य वचनाद्वय म । परोपकाराय पुण्याय पापाय परपीडन म ।।’ भन्दै व्यास बाजेले ‘अठार पूराण’ लेखेथे । सिसीमुनिका जमाना आएपछि व्यङ्ग्यकार भैरव अर्यालले ‘भुँडी पूराण’ बनाई उन्नाइसौंको नामकरण गरे । सन्दर्भ दिल्ली पूराणबाट सुरू गरौं...