Motivate News

‘छक्का पन्जा २’ को कमजोरी स्वीकार गर्दै बन्ने भयो ‘छक्का पन्जा ३’ पनि

काठमाडौं –  चलचित्र छक्का पन्जाले बम्पर व्यापारबाट उत्साहित दिपक दिपाको टिमले चलचित्र छक्का पन्जा २ निर्माण गर्यो । व्यावसायीक रुपमा चलचित्र छक्का पन्जा २ पनि सुपरहिट भयो । चलचित्र छक्का पन्जा २ को प्रचार प्रसार सामाग्री  सार्वजनिक भएपछि बिभिन्न आरोप खेप्दै आएको यो टिमले दर्शक र समिक्षकले देखाएका कमजोरी  स्विकार गरेको छ ।
आगामि दिनमा दर्शकले देखाएको कमजोरिलाइ सुधार गर्ने भन्दै निर्माता एव कलाकार दिपकराज गीरीले आफ्नो फेसबुक मार्फत आधाकारीक रुपमा छक्का पन्जा ३ को घोषणा गरेका छन् ।
छक्का पन्जा भन्दा पनि छक्का पन्जा २ बिभिन्न पक्षमा चुकेको भन्दै सामाजिक सन्जालमा आलोचित हुदै आएको छ । यध्यपि चलचित्रको व्यापार भने उच्च छ । छक्का पन्जा ३ मा भने दिपक दिपाको टिमले छक्का पन्जा ब्रान्ड मात्र बेच्ने हो कि कन्टेन्ट नै बेच्ने हुन् ? दिपक दिपालाइ थप च्यालेन्ज भने पक्कै थपिएको छ ।

प्रतिकृया दिनुहोस्

मेलिना र तलमानको आवाजमा ‘चिसो बतास’ (हेर्नुस भिडियो)

काठमाडौँ – मेलिना राई र तलमान मगरको आवाजमा रोमान्टिक पप गीत ‘चिसो बतास’ सार्वजनिक गरिएको छ । मबिन्द्र राइको शब्द संगीतमा रहेको गीतलाई टेकेन्द्र यक्सोले एरेन्ज गरेका हुन् । गीत ‘नियती’ एल्बममा समाबेश गरिएको छ । उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको...

सुशिला पाठकको आवाजमा अम्बिका गुरुङको गीत ‘लौ आयो तिहार’ (हेर्नुस भिडियो)

काठमाडौँ – हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गीतकार अम्बिका गुरुङको ‘लौ आयो तिहार रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । सुशिला  पाठकको आवाजमा रहेको उक्त गीतलाई राजिब शाहले संगीत भर्नु भएको छ । गीतको लिरिकल भिडियो पनि युट्युब मार्फत सार्वजनिक गरिएको छ...

अम्बिकाको लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ (हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङले  तिहारको लक्ष्मी पूजाको लागि लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्  । केहि समय अघि  युट्युब मार्फत सार्वजनिक गरीएको गीतलाई तिहार लक्ष्मी पूजालाई प्राथमिकता दिदै प्रचारप्रसार गर्न सुरु  गरिएको हो । मिना सिंहको आवाजमा...

लाउरे (आशिष राना) को नयाँ म्युजिक भिडियो ‘सुपररागा…’

काठमाडौँ – लाउरे (आशिष राना) को नयाँ म्युजिक भिडियो चर्चामा छ । ‘सुपररागा…’ शीर्षकको भिडियो दुई हप्तादेखि नेपाल युट्युब ट्ेरन्डिङ भित्र परिरहेको छ । आइतबारसम्म यसको भ्युज ९  लाखभन्दा बढी थियो । कमेन्ट्स दुई हजार । यसमा एडमले सेरिफको संगीत छ भने...