Motivate News

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार

 

असोज २५, लहान – अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ। साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका ६ निवासी २५ वर्षीय नवराज कोइराला माथि गोली प्रहार गरेका हुन्। गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस्

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन...