Motivate News

प्रतिनिधि र प्रदेश सभाका लागि काँग्रेसद्धारा जोशी र पाण्डे सिफरिस

काठमाडौं – नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशी आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं ८ वाट नेपाली काँग्रेसले सिफारिस गरेको छ । यस अघि संविधान सभाको निर्वाचनमा दूइ पटक निर्वाचित जोशी यस क्षेत्रका अत्यन्त लोकप्रीय नेताका रुपमा चिनिन्छन् । उद्योगमन्त्री रहँदा उनले गरेका उत्कृष्ट कार्यको मूल्याङकन गर्दै र यस भेगका जनताको जन चाहना अनुरुप कार्य गर्ने कार्यशैलीका कारण आगामी चुनावमा यिनले नै वाजी मार्ने निश्चित छ ।

सोही क्षेत्र अन्र्तगत प्रदेश (ख) को उम्मेदवारको लागि नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य अमिन पाण्डेको नाम पनि केन्द्रमा सिफारिस गरी पठाएको छ । पाण्डे साढे दुई दशकदेखि राजनितिमा क्रियाशिल व्यक्ति हुनु । ने.वि.संघ, नेपाल तरुण दल महानगर १५ सचिव, काठमाण्डौं महानगर सह सचिव र ने.का को इकाइ उपाध्यक्ष, क्षेत्रिय सदस्य र ने.का काठमाण्डौं क्षेत्र नं ८ क्षेत्रीय सचिव हुँदै पार्टीको विभिन्न जिम्मेवारी पदमा रहँदै हाल ने.का काठमाण्डौंको जिल्ला सदस्य भएका हुन् ।

सानै उमेर देखि सामाजिक गतिविधिमा सक्रिय रही एक दर्जन समाजिक संस्थाहरुमा जिम्मेवार भूभिका निर्वाह गर्दैै आएका पाण्डे हाल सामुदायिक प्रहरी सेवा केन्द्र सामुदायिक सेवा मञ्चको संस्थापक महासचिव भइ वि.सं २०६८ साल देखि हालसम्म अध्यक्षको रुपमा रही कार्य गर्दै आएका छन् । अव हुने प्रादेशिक निर्वाचनमा पार्टीले उनले गरेको योगदानको कदर गर्दै उम्मेदवार वन्ने प्राय पक्का पक्की रही आएको कुरा यस भेगका अगुवा कार्यकर्ताहरुले भन्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं – सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको खबर आजकोजनता पोस्ट दैनिकमा खबर छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति...

स्वैच्छिक अवकाशमा उच्च अधिकृत नै आकर्षित: यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

संसद्का दुई सचिवले दिए निवेदन / सिडिओहरू पनि अवकाश रोज्दै / यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

काठमाडौं – समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । आजकोनयाँ पत्रिकामा खबर छ । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा...

केपी ओलीदेखि अमरेशकुमार सिंहसम्मले रातो पासपोर्ट बुझाएनन् (सूचिसहित)

काठमाडौं – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

काठमाडौं – उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए)का कारण आर्थिकरूपमा थलिएको विद्युत् प्राधिकरणलाई यसैगरी चरम घाटा...