Motivate News

मेस्सीको ह्याट्रिकसंगै अर्जेन्टिनाको विश्वकपमा स्थान पक्का

असोज २५, काठमाडौं – अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेटरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको खेलाडी लिलामीमा सन्दिप खेल्न पाउने या नपाउने...

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...