Motivate News

अछाम क्षेत्र २ का जनप्रिय नेता बोगटीको नाम प्रतिनिधिसभामा सिफारिस

अछाम – ४२ वर्ष अगाडी प्रदेश नम्बर ७ को विकट पहाडी जिल्ला अछामको मंगलसेन नगरपालिका वडा न ३ मा जन्मीएका एक कम्न्युनिष्ट व्यक्ति हुन यज्ञ बोगटी ।  जनता द्धारा निर्वाचित जनप्रतिनिधी बाट निर्वाचित जनप्रतिनिधी द्धारा संविधान निर्माण भैसकेपश्चात यहि मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्र्तगत अछाम क्षेत्र न २ का जनताको ढुकढुकीका रुपमा रहेका छन ।

स्थानीय तहको निर्वाचन २०७४ अन्र्तगत बोगटीले राजनीति गर्ने पार्टि नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउन महत्तपुर्ण भुमिका मात्र खेलेनन् । उनी आफै विगत २७ वर्ष देखी एमालेका विभिन्न भातृ संगठन हुदै हाल नेकपा एमाले अछाम जिल्ला सचिबको रुपमा विगत ९ बर्ष देखी अछाममा एमालेको संगठन मजबुत बनाउन महत्वपुर्ण भुमिका खेलीरहेका छन ।

नेकपा एमालेको ईतिहासमा अछाम जिल्ला लाई नेपालकै पार्टिको विवाद रहित सबै कार्यकर्ताको भावना बुझाई पार्टिलाई अनुशाशित र मर्यादित बनाउन सक्ने मध्यका एक नेता बोगटी पनी मानिन्छन । बोगटीले यस अघिका संविधान सभा र स्थानीय निकायको निर्वाचनमा आकांक्षा राखेपनी कार्यकर्ता र पार्टि लाई बलियो बनाउन अरुलाई निष्ठाका साथ सहयोग गरेको ईतिहास साचि छ । उनी सदैव अछामी जनताको सेवामा सर्मपित छन । हाल उनको नाम अछाम क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिष भएको छ ।

बोगटीको राजनैतिक ईतिहास यस्तो छ
२०४७ साल पौष १५गते अनेरास्ववियू तत्कालिन षोडसा मा बि मंगलसेनको प्रा.क. सदस्य।
२०४८ साल अनेरास्ववियू निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कमिटी सदस्य
२०४९ साल – अनेरास्ववियू जिल्ला कमिटी सदस्य
२०५० साल – अनेरास्ववियू जिल्ला कमिटी सचिव
२०५१ साल – अनेरास्ववियू जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक
२०५२ साल – अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य
२०५४ साल – अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य
२०५४ साल – पार्टी जिल्ला कमिटी सदस्य (निरन्तर २०५९ सम्म)
२०५९ साल – पार्टी जिल्ला कमिटी सचिवालय सदस्य, कार्यालय सचिव तथा निर्वाचन क्षेत्रीय समन्वय कमिटी सचिव (निरन्तर २०६५ सम्म)
२०६५ साल – पार्टी जिल्ला कमिटी सचिव
२०६९ साल – पार्टी जिल्ला कमिटी सचिव (हालसम्म)

सामाजिक संलग्नता

२०५० साल – ज्ञानोदिप प्रा वि, मंगलसेन (३ को वि व्य स अध्यक्ष ।
२०५९ देखि २०६४ साल सम्म – षोडसा उ मा बि को वि व्य स सदस्य।
नेपाल रेडक्रस अछाम शाखाको आजिवन सदस्य।
अन्य बिभिन्न सामाजिक विकासका गतिबिधिमा सक्रिय रूपमा संलग्ना।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...