Motivate News

गौचनलाई शहीद घोषणा गर्ने सरकारको तयारी

 

असोज २६,काठमाडौं – सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज बिहीबार गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो। गौचनको शवलाई बिहीबार महासंघको कार्यालय अनामनगरमा राखे पश्चात् अन्त्येष्टि गरिने महासंघले जनाएको छ। बुधबार महासंघ कार्यालयमा आयोजित एक कार्यक्रममा मृतक गौचनका काका ओमकार गौचनले मृतकको अस्तुविना काजक्रिया सम्भव नभएकाले मृतकको शव बुझ्न सहयोग गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा बोल्दै गौचनले काजक्रियाका लागि सबै नातेदार तथा आफन्त आइसकेकाले परिवारलाई अन्योलमा नपार्न आग्रह गर्नुभएको थियो। उहाँले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाइ नगर्न आग्रह गर्नुभएको थियो ।
नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्

मुख्य सचिवका लागि तीन सचिव प्रतिस्पर्धामा, को बन्लान त मुख्य सचिव ?

कार्तिक ६, काठमाडौं – मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै...

सिन्धुपाल्चोकको चुनाव पनि रोचक बन्नेः पशुपति शमसेर र अग्नी सापकोटा मैदानमा

शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

  कार्तिक ६,सिन्धुपाल्चोक – जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए । संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का...

वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

कार्तिक ६,बेनी – म्याग्दीमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ। आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। प्रतिनिधीसभाका लागि म्याग्दीबाट नेपाली काँग्रेसबाट सभापति खम्बीर गर्बुजा, वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा, राप्रपा प्रजातान्त्रिकबाट...

पहिलो चरणको निर्वाचनका लागी ८०२ जनाको मनोनयन

कार्तिक ६, काठमाडौं – आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।...