Motivate News

८० न्यायाधीश नियुक्ति प्रकरण,‘थाहै पाएनौ’

 

असोज २६,काठमाडौं – उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति प्रक्रियामा वैधानिकताको प्रश्न उठिरहेका बेला न्यायपरिषद्कै दुई सदस्यले आफूलाई थाहा नदिई निर्णय भएको भनाइ सर्वोच्च अदालतसमक्ष राखेका छन् । न्यायाधीश नियुक्ति निर्णय उल्ट्याउनुपर्ने माग राखेर दायर रिटको पक्षमा बल पुग्ने गरी उनीहरूबाट सर्वोच्चमा लिखित जवाफ पेस भएको हो । आजको अन्नपुर्णमा खबर छापिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्यायपरिषद्ले बहुमतका आधारमा उच्च अदालतका ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि निर्णय प्रक्रियालाई लिएर संवैधानिक एवं कानुनी प्रश्न उठ्दै आएको छ ।
नेपाल बार एसोसिएसनबाट परिषद्मा नियुक्त सदस्य रामप्रसाद सिटौला र अर्का सदस्य सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले परिषद् बैठकका विषयमा आफूलाई जानकारी नदिई न्यायाधीश सिफारिस गरिएको दाबी गरेका हुन् ।
अवैधानिक बाटोबाट ८० न्यायाधीश नियुक्ति गरिएको दाबीसहित अधिवक्ता तोयानाथ ढुंगानाले दायर गरेको रिटमा बिहीबार सर्वोच्चमा सुनुवाइ हुँदै छ ।
तत्कालीन प्रधानन्यायाधीश कार्की, परिषद् सदस्य रहेका कानुनमन्त्री अजयशंकर नायक र अर्का सदस्य पदम वैदिक संलग्न बैठकले ०७३ पुस २८ गते राति न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

यि हुन भ्रष्टाचारको दलदलमा फस्ने नेताहरु, भ्रष्टाचार विरोधी देखि पहिलो महिला राष्ट्रपतिसम्म !

वैशाख – विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन...