Motivate News

सभामुखलाई सक्रिय भूमिका खेल्न डा केसीको आग्रह

असोज २७,काठमाडौँ – अनशनरत प्रा. डा. गोविन्द केसीले संसद प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । केसीले हिजो पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सही रूपमा पारित गराउन आग्रह गर्दै भने, “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।” डा. केसी ९ दिन देखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन् । चिकित्सा विधेयक संसदमा विचाराधीन छ । एमाले र माओवादीले यसको विरोध गरिरहेका छन् ।

रासस

प्रतिकृया दिनुहोस्

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

प्राक्सिसको पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँ – चाबहिल चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडमीको आयोजनामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ए वान पार्टी प्यालेस चावहिलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट तथा अतिरिक्त कृयाकलाप एवम् खेलकुदमा विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण...

इक्यानमा सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता हो : महासचिव प्याकुरेल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि ब्यक्तिगत र गुटगत तवरबाट आकाँक्षीहरुले सक्रियता बढाईरहेका छन । इक्यान करिब करिब निर्वाचनमा जाने निश्चित देखिएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज...

स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन हुँदा देशभर औषधि र खोप अभाव

काठमाडौँ – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले...