Motivate News

अम्बिकाको कविता ‘इश्वर तिम्रो लिला अपरम्पार छ’

इश्वर तिम्रो लिला अपरम्पार छ
कसरी रच्यौ यो धर्तीमा
प्रकृतिको अप्रितम सुन्दरता
कसरी  सोच्यौ यो रंगीबिरंगी फुलहरु
कसरि आविष्कार गर्यौ 
त्यो आकाशमा
चन्द्र, सुर्य अनि ताराहरु
इश्वर तिम्रो महिमा गजबको छ
चराहरुलाई कसरि बुद्दी दियौ
त्यो रुखमा गुड बनाउनुपर्छ भनेर
कमिलालाई ज्ञान कहाँबाट हालिदियौ
सृजनात्मक घर बनाउनुलाई
सानो भन्दा सानो प्राणीलाई बुद्दी दियौ
कसरि सोच्यौ सृजनशील माकुरा बनाउन
रंगी चंगी पुतलीहरुको लस्कर बनायौ
इश्वर तिमीले कत्ति मेहनत गर्यौ होला
जुनकिरीको पुच्छरमा बत्ति बनाउन
त्यो सप्तरंगी इन्द्रेणी बनायौ
इश्वरको पनि इश्वर तिमि
शक्तिको पनि शक्ति तिमि
राजाको पनि राजा तिमि !!
प्रतिकृया दिनुहोस्

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको...

गजल : हेलो सरकार

– रमेश लामिछाने बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ? यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ? अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ? आफ्नो देशमा केही गर्नुछ म...

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...