Motivate News

माओवादी कालीकोटबाट दुई दर्जन उम्मेदवार सिफारिश, कसले मार्ला वाजी

कालीकोट – माओवादी केन्द्र कालीकोटले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गरेको छ । जिल्ला समिति बैठकले आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।

एउटा प्रतिनिधिसभा रहेको कालीकोटमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा जिल्ला अध्यक्ष दुर्गबहादुर रावत, दोस्रो नम्बरमा उर्जा मन्त्री महेन्द्र शाही र तेस्रो नम्बरमा लक्ष्मिप्रसाद चौलागाईलाई सिफारिश गरेको छ ।

त्यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फ सिए लिलाराज बराल, मनसरा न्यौपाने, यसोधा न्यौपाने, भैरे तिरुवा, गंगा खड्काको नाम सिफारिश गरेको छ ।

प्रदेशसभाका लागि दुईवटा क्षेत्र मध्ये क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ गणेश शाही, धनजित शाही, खेम बहादु सिंहको नाम सिफारिस गरेको भने प्रदेशको क्षेत्र नं २ बाट जिल्ला जिल्ला इन्चार्ज जीवन बुढा, जगत बहादुर शाही, जनकनाथ योगी र प्रकाश रोकायालाई प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।

त्यस्तै, समानुपातिक तर्फ पार्टी पोलिट ब्यूरो सदस्य समेत रहेका नेता बिष्णु बिक, अल्किना बम, मिठ्ठु शाही, प्रमिला योगी, पौरख बिश्वकर्मा, कृष्णकला शाही, कृष्ण आचार्य र जनपुरा सिंहलाई सिफारिश गरेको हो ।

कसको पल्ला भारी

प्रतिनिधी सभाका लागि कालिकोटबाट पहिलो नम्बरमा सिफारिस भएका जिल्ला अध्यक्ष दुर्ग बहादुर रावलले टिकट पाउने सम्भावना बलियो छ । उनी जिल्लामा लामो समयदेखी जनताको सेवामा तल्लीन स्थानिय नेता हुन् । उनले टिकट पाएको खण्डमा दक्षिण कालिकोटले एक छापे भोट खसालेर जिताउने सम्भावना छ ।

दक्षिण कालिकोटले माओवादी केन्द्रले उपेक्षा गरेको अनुभव गर्दै आएको समयमा रावलले टिकट पाएको खण्डमा उनको प्रतिशप्रदी कोहि पनि नहुने स्थानियहरु बताउँछन् । यदि उनले टिकट नपाएर अनेत्रै टिकट गएको खण्डमा कांग्रेसले वाजि मार्ने सम्भावना प्रवल रहेकोछ । माओवादीको विकल्प खोजिरहेका दक्षिण कालिकोटका जनताले आफू अनुकुलको उमेद्वार नभेटेमा र एमालेले उमेद्वारी नदिएमा काँग्रेसलाई चिट्टा पर्नसक्छ । फेरी चर्चित युवा नेता तरुण दलका केन्दीय महासचिव भुपेन्द्र जंग शाहीले काँग्रेसबाट टिकट पाएको खण्डमा दुर्गबहादुरले टिकट नपाएमा भुपेन्द्रले कालिकोटबाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्ने लगभग पक्का जस्तै हुनेछ ।

यदि दुर्गवहादुर रावतको हातबाट टिकट फुत्कीएर महेन्द्रबहादुर शाहीको हातमा टिकट परेको खण्डमा कालिकोटबाट माओबादी बढारिने सम्भावना प्रवल देखिन्छ । चुनावको मुखमा उर्जा मन्त्री समेत रहेका शाहीले पुर्वाधारमा शुन्य रहेको आफू जन्मएको गाउँपालीकालाई सुगम घोषणा गरेर पचाल भरनाका जनताको अधिकार खोसिदा पनि मुख दर्शक बनेकाले उनले आफ्नै गाउँको भोट पाउन कठिन छ ।

पचाल झरना गाउँपालिकामा आजसम्म न बाटो पुगेको छ न त खाने पानिको सुविधा छ । विजुल्ली बक्ति कुन चराको नाम हो त्यहाँको जनतालाई अत्तोपत्तो छैन् । स्वास्थ्य उपचारका लागि जडिबुटीको साहारा लिनपर्छ, यस्तो अवस्थामा कसरी पचाल झरनालाई सुगन घोषणा गरेको होला, त्यो उनै शाहीलाई थाहा होला । उनको गाउँ पचाल झरना मात्रै हैन् उनिबाट रास्कोट नगरपालिका, सान्नि त्रिबेणी गाउँपालिका, मान्मा नगरपालिका लगायत पुरै कालिकोट असन्तुष्ट छ ।

रास्कोट, पलाता, खिन धौलागोह, पचाल भरना र शान्नि त्रिबेणीको भोटले सांसद बनेका शाहीलाई अहिले त्यहि भेगका जनताबाट हराइने लगभव पक्का पक्कि भएको छ । कालिकोटमा आएको समयमा ठुला गफ गरेर काठमाडौँ फर्किने र काठमाडौँ पुगेपछि वास्तै नगर्ने त्यहाँ जनता र नेता कार्यक्रर्ताको गुनासो छ । त्यस्तै उनले हार्ने अर्को कारण भनेको कार्यक्रर्तालाई धम्क्याउने र थर्काउने वानि पनि हो । पूर्व शैन्य कमाण्डर उनी कार्यक्रर्तामा अलोकप्रिय छन् । ठकुरी शासन लाद्न खोजेको, हरेक कुरामा आफ्न्त र नाता गोतालाई सहयोग गरेर कार्यक्रर्ताको उपेक्षा गरेको त्यहाँका माओवादीहरुले बताउने गरेका छ । ठकुरी शासन लगाउने र पैसाको धाक देखाउने शाहीले यदि टिकट पाएको खण्डमा शाहीको पैसा खाएर मात्र भोट हाल्न रास्कोटका स्थानिय नेताले जनतालाई अहिलै देखि रुलिङ गरिरहेका छन् । त्यस्त अवस्थामा महेन्द्रबहादुर शाहीले कसरी जित्लान केन्द्रले सोच्ने कुरा हो ।

त्यस्तै तेश्रो नम्बरमा रहेका लक्ष्मि प्रसाद चौलागाईले टिकट पाउने सम्भावना कम छ ।

प्रदेशमा

प्रदेशसभाका लागि दुईवटा क्षेत्र मध्ये क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ गणेश शाही नै एकमात्र बलिया उमेद्वार हुन् तर त्यहाँ माओवादीले एमालाई छोडिदिने सम्भावना छ । त्यस्तै, प्रदेशको क्षेत्र नं २ बाट जिल्ला इन्चार्ज जीवन बुढाले टिकट पाउने लगभग पक्का पक्की छ । उनी पार्टी अध्यक्ष प्रचण्डका विस्वास पात्र मात्र हैन्, उनका पूर्व स्वकिय सचिव पनि हुन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा रहदा उनले कालिकोटको विकासका लागि महत्वपुर्ण काम गरेकाले उनको विजय पनि सुनिश्चित नै छ । त्यहाँ हुँदा उनले कालिकोट%E

प्रतिकृया दिनुहोस्

डा. केसीको अनसन निरन्तर,समर्थनमा आज १ घण्टा डाक्टरले काम नगर्ने

साउन ४, काठमाडौं  – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।...

सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई

साउन ४,सिन्धुली – साउनको पहिलो साता सुरु हुदाँ भित्री मधेश अन्र्तगतको सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ। जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा धान खेती हुने १६ हजार ४ सय ८० हेक्टर क्षेत्रफल खेतमध्ये हालसम्म ८५ प्रतिशत अर्थात १४...

जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेर एक प्रहरी गम्भीर घाइते

साउन ३, जुम्ला- अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरी जवान कमल आचार्य को मृत्यु भएको छ। बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए।...

आफ्ना समर्थकलाई कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

साउन ३, काठमाडौं – २० दिन देखि जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसी काठमाडौं आउन भएका छन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसन बसेका हुन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् ।...