Motivate News

फोनमा १ सेकेन्ड कुरा गर्दा १० सेकेन्डको शुल्क तिर्नुपर्ने बाध्यता हटेन

 
असोज ३०, काठमाडौं – टेलिफोनमा कुरा गरेको अवधिकोमात्र शुल्क तिर्नुपर्ने बाध्यत्मक नियमबाट नियमक निकाय नेपाल दूरसंचार प्राधिकरण पछाडि हटेको छ। सेवाप्रदायकहरुको दबाबमा प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पल्स रेटसम्बन्धि नयाँ व्यवस्था लागू गर्ने निर्णय स्थगित गरेका छन्। यो खबर गोपाल साउदले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

प्रधिकरणले यसअघि विभिन्न चरणमा गरी जति कुरा गरेको हो त्यति समयकोमात्र शुल्क लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको थियो,। जसअनुसार पहिलो चरणमा पिएसटिएनमा ६० सेकेन्ड, मोबाइलमा १० सेकेन्ड र अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्ड पल्स तोकेको थियो। जसअनुसार एक सेकेन्ड कुरा गरेपनि तोकिएको सेकेन्डको शुल्क लिन पाउथे सेवाप्रदायकले।

दोस्रो चरणमा प्राधिकरणले मोबाइलमा १ सेकेन्ड न्यूनतम अवधि निर्धारण गर्ने तयारी गरेको थियो तर उक्त निर्णयबाट प्राधिकरण पछि हटेपछि तत्काल नयाँ व्यवस्था लागू नहुने भएको हो।

प्रतिकृया दिनुहोस्

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं – मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, -सुरुङ खन्नु अघि...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...