Motivate News

बग्गी एण्ड हर्स राईडिङको नयाँ शाखा पोखरामा

बग्गी एण्ड हर्स राईडिङ व्यवसायको आईतबार राष्ट्रिय समाचार समितिका उपसचिव गोविन्दसिंह भण्डारीले उद्घाटन गर्दै बग्गी सयर गरेका हुन। कार्यक्रममा बोल्दै उनले पोखराको पर्यटनमा थप आकषर्णको रुपमा बग्गी व्यवसाय रहेको बताउदै पशु अधिकारलाई ख्याल गर्दै राम्रोसंग पालन पोषणमा ध्यान दिन आग्रह गरे ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै पोखरामा यस्तो व्यवसाय अझ बढी सम्भावना भएको उनले बताए । पोखराका पर्यटन व्यवसायि वासु त्रिपाठीले हरेक काममा चुनौती हुने हुदा नयाँ प्रोडक्ट भित्रिदा केहि समय स्थापित हुन कठिन हुने जनाए । संचालक मध्यका एक ईन्जिनियर मन बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाहिरी पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त व्यवसाय संचालन गरेको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकायर उनले यो व्यवसाय सुरु गरेका हुन। विगत एक बर्ष देखि काठमाण्डौंको वासवारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गरेका छन ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए । पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा बिबाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बुग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

कार्यक्रम पोखराको टि टायम क्याफेमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...