Motivate News

तिहारलगत्तै माओवादी मन्त्रीको राजीनामा

कात्तिक २, काठमाडौं – नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् ।

आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।

यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरुको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने बताइन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...