Motivate News

भाइको सम्झना अम्बिका गुरुङले यस्तो लेखिन मन छुने कविता

फूलसंग सोध्छु हरेक दिन

यसपालली  त तिमी आउछ कि ?

फूल मुस्कुराउँदै भन्छ

मलाइ सात समुद्रपारीको बाटो भन्न गाह्रो छ

मखमली फुल्दछ हरेक साल

मेरो करेसो बारीमा सयपत्री झुल्दछ

करेसो बारीमा सयपत्रीको थुंगा थुंगामा खोज्छु तिमीलाई

तर मखमली फुलको पत्रपत्रमा हराउछ मेरो आशा

अनि प्रेम सद्भाव  र मायाले सुम्सुम्याउँछु तिम्रो तस्बिर

बाबु कहिले आउछौ तिमी  ?

बर्षौदेखि तिम्रो निधार रित्तो छ

यो चेलीको हात खालि छ

म अतितमा भुल्छु

कति प्रेमले तिम्रो निदारमा टिका सजाएकि थिए

दिर्घायुको शुभाशिष दिदै

तेल धाराले यमराजको बाटो छेकेकी थिए

मखमली मालाले तिम्रो गला सजाएकि थिए

यसपाली  पनि मेरो हात खाली हुने भयो

यसपाली  तिम्रो पनि निधार खालि हुने भो

मन थाम्न नसकिन मैले

सुटुक्क कसैले नदेख्ने गरि

कुनामा गएर रोए

तिम्रो तस्बिरलाई अँगालो भरी भरेर !!

प्रतिकृया दिनुहोस्

प्रहरीको गिर्दो शाख बचाउन सरकारले प्रहरीको नेतृत्व हेर्नुमा होईन, हेराईलाई प्राथमिकता दियोस्

काठमाडौँ- केही दिनमै आईजीपीको पदमा आसिन हुन पुग्ने भनिएका पात्रहरु जुन देखिन्छन् त्यो हुदै होईनन् । बास्तबमा यिनीहरु को हुन त ? र पहिचानमा यिनीहरु बिच के फरक छन् त ? हेराईलाई पुष्ट्याई गर्ने उनीहरुको आधारहरु के के हुनत् त्यसको हिसाब किताब...

मिडियाबाजी प्रतिस्पर्धा भन्दा पनि कार्यगत मूल्याङ्कनमा देशले नयाँ आइजीपी पाओस्

नयाँ आइजीपीका लागि सर्बेन्द्र, रमेश र धीरुबीच प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि दौडधूप सुरु भएको छ । आइजीपी प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ । आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् ।...

प्रणय दिवस विशेष कविता

  मायालु प्रेमीहरुलाई आँखा आँखा जुधेर नशामा मायाको केसदेखि लिएर पाउ सम्म रुपको बयान के गरूँ हजुरको नियालेर हेर्छु प्रतिविम्ब तिम्रो कोल्टे परेको ऐनामा बैँश फुलेर ढकमक्क भई फुली रहेछ हरेक अंग अंगमा आँखाको निलो पोखरीमा झल्कि रहेछ अलिकति लाज बयान गर्नु...

सरस्वती माताको स्तुति

जय जय  सरस्वती माता जय जय  विद्याकी देवी माता सुरिलो स्वरकि धनि माता विद्या देउ हामीलाई माता ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय जय  सरस्वती माता न ज्ञान छ हाम्रो न गीत छ हाम्रो न रित छ हाम्रो अज्ञानी छौ   सरस्वती माता ज्ञानको दियो जलाई देउ माता संगीत तिमी गीत तिमी आवाज तिमी साज तिमी बुद्धि मतिकी दाता तिमी अँधेरोको दियो तिमी ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता हर दिन पुजा गर्छु तिम्रो पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता प्रेमले मेरो अर्चना स्वीकार गर हे माता अज्ञानी छु अबोध छु ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय  जया शरस्वती माता जय जय सरस्वती माता सुर नर मुनि मणि जय जय  शरस्वती माता   त्रिभुवनकि देबी ज्ञान अक्कल बुद्धिकि भण्डार...