Motivate News

काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच प्रतिस्पर्धा हुने भएपछि जनता अन्योलमा

कात्तिक ३, काभ्रे – काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच  प्रतिस्पर्धा हुने भएपछि यहाँको चुनावी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको छ ।

नेकपा एमालेका युबा नेता काभ्रे जिल्ल्ला सचिवालय सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारी एमालेको तर्फबाट र नेपाली काग्रेसका युबा नेता सुन्दर आचार्य नेपाली काग्रेसको उमेद्वारको रुपमा अघि सरेपछि यहाँको चुनाबी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको हो ।

युबाहरुको बीचमा लोकप्रिय दुई युवा  अगाडी  बढेपछि कस्को पक्षमा लाग्ने भने अन्योलमा रहेका युबाहरु पहिला पार्टीको आधिकारिक रुपमा पहिला कस्लाई अगाडि सार्छ त्यहि निर्णय कुरि बसेका छन् ।
बाम एकता भएपनी निर्णायक मानिने युवा पंक्ती उम्मेदवार  अनुसार मतदान गर्ने योजनामा बसेकोले चुनाबी माहोल कसरी अगाडि बड्छ अझै हेर्न बाकी छ।
काभ्रे २ “क” मा आधा मतदाता पाँचखाल नगरपालिका भित्र रहेका छन । दुबै युबा पाँचखालकै भएकाले पनि यो प्रतिस्पर्धा झन रोचक बनेको छ। दुईमा एकले मात्र टिकट पाए सबै युवाहरु त्यतै लाग्ने भएकोले पनि अहिले नै चुनावी हेर्न बाँकी छ ।

दुई दशक  लामो जीवन  राजनीतिमा बिताएका एमाले नेता कन्चन अधिकारी अनेरास्ववियु ,युवासंघ हुँदै नेकपा एमाले काभ्रेको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन । उनी काभ्रे एमालेमा सफल र लोकप्रिय युबा नेताको रुपमा चिनिन्छनन भने आचार्य नेबिसंघ काभ्रेको अध्यक्ष र काग्रेस काभ्रे ४ को सभापति भै सकेका छन । उनी काग्रेसका आसलाग्दा युवा नेताको रुपमा हेरिन्छन ।

पार्टिले अहिले नै आधिकारिक रुपमा नै घोषणा नगरे पनि  यी दुई नेतालाई आम जनताले प्रतिस्पर्धामा आउने आकलन  गरेकाले सङ्घीय  चुनाब भन्दा पनी प्रदेश सभाको चुनाबमा यहाँका सबै जनताको नजर रहेको छ।

एमालेको तर्फबाट ०६४/७० को निर्वाचनको नेतृत्व गरेका एमाले नेता अधिकारी सफल योजनाकार र परिचालन मा एमाले भित्र अब्बल मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीलाई पदमुक्त गर्न मिल्दैन :सर्वोच्च

साउन २,काठमाडौं – सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सरकारी पदाधिकारीलाई वर्तमान सरकारले पदमुक्त गर्न नमिल्ने आदेश दिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले देउवा सरकारले निर्वाचन आयोगको...

जीप दुर्घटना : ७ को ज्यान गयो, घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिँदै

साउन २, रुकुम पूर्व – सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ७ जनाको...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

फलेवास, पर्वत, २ साउन – गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा...