Motivate News

अशान्तिहरु धर्तीमा ओर्लदैछन् !! कविता

अशान्तिहरु धर्तीबाट ओर्लदैछन्

शान्तिले यो संसार छोडी रहेछ

बम र गोलीको आवाज  सुन्यौ होला

अब यो धर्ति फाट्दैछ

लुप्त हुदैछ हाम्रा भबिष्यहरु

वर्तमान  डर र त्रासमा झेली रहेछ

अब त जाग मान्छेहरु

अज्ञात बाटोमा हिड्न छोडी देऊ

जहाँ  अन्धकार बाहेक केहि छैन

स्वार्थी मुटु भएका मान्छेहरु

अन्धकारलाई छेडेर आऊ

रगतका धाराहरु बगिरहेछन

अलिकति मानवता देखाऊ

अझै अलिकति आशा छ

बिकृति फैलन नदेउ

सत्यतालाई बाँधी राख

नडराउ मृत्यु देखेर

मृत्युलाई झुकाएर राख

सत्यमा अडिग रहु

पापलाइ मन भित्र पस्न नदेऊ

मन र मष्तिस्कलाई सफा राख

अनि तिम्रो शक्ति अझ मजबुत हुन्छ

औला गनेर सोच तिम्रा गल्तिहरु

बिस्तारै सुसेलीमा छोडी देऊ

चिन्ताबाट मुक्त हुनेछौ

अनि बाँच लामो आयु बोकेर !!

प्रतिकृया दिनुहोस्

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको...

गजल : हेलो सरकार

– रमेश लामिछाने बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ? यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ? अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ? आफ्नो देशमा केही गर्नुछ म...

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...