Motivate News

को हुन प्रताप मर्दन बस्न्यात ?

काठमाडौँ – कलाकारिता देखि राजनिति र समाजसेवी एक कर्मठ युवा प्रताप मर्दन बस्न्यात,तारकेश्वर नगरपालिका ६ धर्मस्थली मंहाकाल काठमाण्डौ निवासी बस्न्यात कलाकारितामा सक्रिय त छन नै साथ साथै राजनिति र समाजसेवामा पनि चिरपरिचित नाम हो ।

सानो उमेर देखि नै कलाकारितामा रुचि राख्दै बस्नयात स्कुले जिवन देखि नै हास्य बिधाका गीतहरुमा नृत्य गर्दै मनोरन्जन दिन्थे, नृत्यमा सधै प्रथम भएका प्रताप मदन बस्नयात क्यारिकेचरमा पनि मायर छन, टेलिफिलिम गार्इ कि त्रिशुल, तितेकरेलि, सकियन बा, हुँदै हर्केहवलदारमा युवा नेताको भुमिका निर्वाहा गरेका बस्न्यात नेपाली राजनितिमा पनि युवा नेता हुन, कमल थापा नेत्तृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौँ प्रदेश ३ तारकेश्वर नगरपालिकाको युवा संयोजकरप्रमुख पनि हुन बस्न्यात ।

केहि अघि मात्रै सम्पन्न चुनावमा नगर सदस्यको उमेद्वारी दिएका बस्नयात मंसिरमा हुने प्रदेश सभाको चुनावमा राप्रपाबाट प्रतिनिधि सभाको समानुपातिक तर्फमा (प्रदेश संसद)को सिफारिस भएका छन । सम्पुर्ण युवाको नेतृत्व गर्दै समाज विकासमा सक्रिय प्रताप मर्दन बस्न्यात भन्छन । सम्पुर्ण देश बिकास हुन पहिला तपार्इ हामी बस्ने समाज बिकासित हुन जरुरी छ । समाजको आर्थिक बिकास, शैक्षिक विकास ,स्वास्थ विकासमा जोड दिन जरुरी छ ।

मान्छेको जन्म भइसकेपछि आफ्नो परिवारको उन्नति मात्र सोच्ने यो समाजलाइ चुनौति दिदै उनले भने – “आफ्नो परिवारको साथ साथै हरेक ३ करोड जनता र देशको बारेमा सोच्न जरुरी छ । नेपाली नागरिता लिएर मात्रै देशको नागरिक होइन कि एक सच्चा नेपाली नागरिक हुन देश बिकास प्रति चिन्तन, देशप्रति पनि सम्मान राख्न जरुरी छ, उनले थपे चिया पसलमा बसेर राजनितिको बारेमा हाक्ने बकमफुसे गफ भन्दा टोल टोलबाट सक्रिय रुपमा लाग्ने हो देश बिकास हुन केहि समय लाग्दैन, जब तपाइ हामी बस्ने समाज बिकास हुदैन तब सम्म राष्ट्र सबल हुन सक्दैन किन कि हरेक समाज राष्ट्रियतामा परिणत हुदै एक ढिक्का देश बन्छ ।

देश कसरी अघि बढाउने जिम्मा नेताको मात्रै होइन यो हरेक नेपाली नागरिकको दायित्व कर्तव्य हो ।
तपाइ हाम्रो एक सोचले यो देशले काचुलि फेर्न कुनैसमय पनि लाग्दैन भन्छन युवा नेतारसमाजसेवि प्रताप मर्दन बस्न्यात
तपाइ हाम्रो मतभेदले आउने पुस्तालाइ झन दुःख कष्ट हुनेछ । यो देश बिकासमा तपार्इ हाम्रो मेलमिलाप हुन जरुरी छ, हाम्रो संस्कृति, भेषभुषा भाषा संस्कृति प्रति लगाभ सधै राख्नु पर्छ ।

नेपाल त विश्वको उत्कृष्ट पर्यटकिय मार्गमा पर्छ यदि नेपालले पर्यटन बिकासमा जोड दिने हो भने मात्रै पनि नेपाल भोलिको विश्वको आर्थिक शक्तिमान देश बन्न सक्छ, पशुपतिनाथ, गोसाइकुण्ड, स्वयम्भुनाथ, लुम्बिनि, धरान, तारकेश्वर माहादेव, राराताल, पोखरा सगरमाथा आदि नेपालको उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल भित्र पर्छ हाम्रै देशको स्रोत साधन प्रयोग गरियो भने नेपालको आथिक सा्रेत पनि बढ्छ ।

नेपाल सरकारले यस्ता विकासिल युवालाइ नेपाल फर्काउने वेबस्था गरि आफ्नै देशमा रोजगारीको अबसरहरु मिलाइदिनु पर्छ, हामीलार्इ मेचि माहाकालि जोडने रेल मार्ग बनाउन पनि केहि गार्हो छैन यो सिप पनि नेपाली मै छ तर वेरोजगारिको काहलि लाग्दो अवस्थाका कारण देश दुर्घटनामा परिरहेको छ, जब सम्म नेपाल सरकारमा युवालाइ स्थान हुदैन तब सम्म यो देश दलदल र दलालितन्त्रमा फसिरहने छ भन्छन युवा नेता प्रताप मर्दन बस्न्यात ।

स्थानिय टोलमा पनि बस्न्यात चिरपरिचित नाम हो, माहाङकालि माइ सामुदायिक होमस्टेका सचिव, माहाङकालीमाइ टोल सुधार समितिको प्रमुख पद समहाल्दै छन, देश र समाज प्रति कर्तव्य निष्ठ युवा बस्न्यात हर समय देश बिकास प्रति चिन्तन हुन्छन, खाली समयमा लेख पनि लेख्छन सामाजिक संजाल फेसबुकका उनको लेखले राम्रै स्थान पाउछ खासै उनलाइ फेसुबुक सेलिब्रेटी भन्दा पनि फरक परदैन हरेक समय यथार्थ भाव लेख्ने बस्न्यात मेचि देखि माहाकालि बस्ने राष्ट्रप्रेमि युवाको जलन्त उदाहारण हुन

जन्मभुमि प्रति माया राख्ने बस्न्यातको भबिष्य उज्वल देखिन्छ फेसबुकमा sayar mardan basnyat एक चिरपरिचित नाम हो,नेपालका ७५% नेपाली कलाकारदेखि नेता सम्म उनको चिनजान राम्रै छ, असल नेतृत्वको धनि कलाकार/युवा नेता/ समाजसेवि प्रताप मर्दन बस्न्यातलार्इ जिन्दगिमा अझै धेरै सफलता र हरेक युवाले बस्न्यातको जस्तो बिकासिल सोच राखे यो देशले मुहार फेर्न छ । र हरेक टोल समाजमा प्रताप मर्दन बस्न्यात जस्ता कर्मठ अनुशासित युवा जन्मे यो देशले बिकासिल पाइला चाल्ने छ,कलाकारिता राजनिति देशसेवामा यसरि नै लागि रहनुहोस ।

प्रतिकृया दिनुहोस्

सरस्वती माताको स्तुति

जय जय  सरस्वती माता जय जय  विद्याकी देवी माता सुरिलो स्वरकि धनि माता विद्या देउ हामीलाई माता ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय जय  सरस्वती माता न ज्ञान छ हाम्रो न गीत छ हाम्रो न रित छ हाम्रो अज्ञानी छौ   सरस्वती माता ज्ञानको दियो जलाई देउ माता संगीत तिमी गीत तिमी आवाज तिमी साज तिमी बुद्धि मतिकी दाता तिमी अँधेरोको दियो तिमी ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता हर दिन पुजा गर्छु तिम्रो पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता प्रेमले मेरो अर्चना स्वीकार गर हे माता अज्ञानी छु अबोध छु ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय  जया शरस्वती माता जय जय सरस्वती माता सुर नर मुनि मणि जय जय  शरस्वती माता   त्रिभुवनकि देबी ज्ञान अक्कल बुद्धिकि भण्डार...

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...