Motivate News

थोरै देखावटी खुशीको पर्दा पछाडिको अनगिन्ती पिडा

 काठमाडौँ – खै देखिन आमा हजुरको मुहारमा त्यो खुशी जुन खुशी मलाइ यो संसार देखाउनु भएको दिन मेरो चिच्याहटसँगै हजुरको मुहारमा देखेका ती खुशीहरु, खै हजुरले जिन्दगीदेखि किन हार खानु भएको थियो त्यो त मलाई थाहा छैन तर त्यो दिन जुन पिडाहरु सहन नसकेर अढाई बर्षकी नाबालिका छोरिलाई छोडी पाँच महिनाको पेटमा भएको भाइसँगै हाम्फालेर मर्छु भनेर त्यो जङ्गलमा कटाएको पाँच रातपछि आफ्नो सन्तान (म) को यादले मृत्युको मुखबाट फर्केको दिन मलाई देखेर हुनुभएको खुशी खै आमा ?

हजुरका अनिगिन्ति पिडाहरुलाई उछिन्न सफल भएका ती जीतका खुसिहरु भाइ जन्मिसकेपछि पनि खै किन हजुरले जिन्दगिदेखि हार खाएर फेरि संसार त्याग्छु भनि  विष खाएर लम्पसार पर्दा यमराजले ढोका मै लिन आउदा पनि हजुरले रुदै गरेको भाइ र मेरो त्यो रुवाईको चिच्याहट र आँसु नियाल्दै ए यमराज तेरो घरमा मेरो छोराछोरीको आवाज सुन्न पाईन्छ ? म जादिन अब मेरो छोराछोरीलाई रुवाएर जा तँ मेरो सन्तानको त्यो आवाज सुनेर जा भनि  जबर्जस्ती मृत्युलाई जितेर फर्केको दिनको त्यो जीतको खुसीहरुको मुहारमा खै आज देखिन आमा ?

मान्छेको जिन्दगीमा दुख पीडा भन्ने त हुन्छ नै तर मेरी आमाको  पीडा अरुको भन्दा बिल्कुलै फरक थियो जस्तोसुकै दुख पिडालाई पनि जितेर हास्ने मेरी आमाको मुहारमा त्यो दिनदेखी खुशी देख्न छोडे आमा !  जुनदिन बाले हजुरको हात समाउदै म अब जान्छु छोराछोरीको ख्याल राखेस आफ्नो ख्याल राखेस काईली भन्दै भगवानको प्यारा हुनुभएको थियो । बा भन्दा अगाडी नै मर्छु भनेर हजुरले गर्नु भएका ती कैयौं प्रयास असफल भएको थियो सायद बा ले नै हामिलाई पहिले छोडेर जानू थियो । त्यहि  दिनदेखि  आमा हजुरको मुहारमा पहिलेको जस्तो खुसीहरु देख्न छोडे मरेपछि मान्छेको केही लादैनन भन्थे तर मेरा बा ले मेरी  आमाको सिन्दुर लगेर गए । हो त्यही दिनदेखि खै हराए आमा हजुरको मुहारमा देखिएका ती पहिलेका जस्ता जीतका खुशीहरु !

लेखुँ खै के लेखुँ सम्झिदा ती बिगतका भोगाईहरु मसिको धब्बा पर्नु अगावै आँसुका धाराहरुले पाना भिजाईदिन्छन अनि मनमै कैद गर्न बाध्य हुन्छु पिडाहरु ।

(अन्जु लामाको वास्तविक घटनामा आधारित)

प्रतिकृया दिनुहोस्

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको...

गजल : हेलो सरकार

– रमेश लामिछाने बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ? यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ? अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ? आफ्नो देशमा केही गर्नुछ म...

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...