Motivate News

प्रकाश न्यौपानेको व्लग, ‘मेरो भोट : सक्षम नेतृत्व र समृद्ध कर्णालीका लागि’

काठमाडौँ – विश्वव्यापी रुपमा संविधानको सर्वोच्चता र संविधानवादको अवधारणा संस्थागत हुँदै गएको परिपेक्षमा नेपालमा संविधान जारी हुनु आफैमा ऐतिहासिक थियो । नेपाली जनताले लामो सशस्त्र तथा शान्तिपूर्ण आन्दोलनको जगमा आफ्नो लागि आफैंले पहिलोपटक नेपालको संविधान २०७२०, संविधानसभाबाट पाएका थिए ।

कैयन असन्तुष्टि, असहमति, आन्दोलन, आक्रोशका बाबजूद जारी गरिएको यस संविधान अब तिनै असन्तुष्टि, असहमति, आन्दोलन, आक्रोशलाई आत्मसात गर्दै कागजका पानामा मात्र नभएर कार्यन्वयनको बाटोमा अगाडि धकेल्नु हाम्रो नैतिक जिम्मेबारी हो भन्ने मेरो ठम्याई रहेको छ र त्यसको लागि पहिलो खुड्किलोको रुपमा आगामी मङसिरमा हुने निर्वाचन हो ।

२०७४ साल वास्तवमै नेपाली इतिहासको र परिवर्तनको एक ठुलो उत्सव बनेर केहि आशा, केहि भरोसा, केहि उत्साह बोकेर हाम्रो घर, दैलोमा प्रबेश गर्दै छ र यो बेला भनेको तमाम् कर्मनिष्ठ इमान्दार नागरिकका लागि ठुलो अबसरको घडी हो भने अर्को तर्फ उत्तिकै चनाखो र सचेत हुने बेला पनि ।

कालिकोट अथवा भनौ सम्रग कर्णाली प्रदेश जसको बिगत सार्है दुखदायी र कष्टकररुपमा बित्यो । कुनै बेलाको शत्तिशाली कर्णाली प्रदेश लामो समयसम्म सिंहदरबारको बरिपरी रुमलिदै आफुमा आशा र भरोसाका कलिला टुसा उम्रार्दै चुपचाप सहिरह्यो त्यो सौतेली ब्यवहार ।

यति सम्मै भयोकि अरुबाट आशा र भरोसा मारिसकेका कर्णालीबासीले ज्यानको बाजी लगाएर दश बर्षसम्म भोक, शोक र रोग केहि नभनेर लडे तर दुर्भाग्य भन्नुहोस जंगल, सडक हुदै सत्तामा पुगेकाहरुले त्यो बलिदानलाई २०/२० किलो चामलसंग साट्ने चेस्टा गरे बाकिँ अरुसगँ के आशा राख्थ्यो र कर्णाली ।

इजाजत थियो कर्णालीका जनतालाई बोल्न, चिच्याऊन, कराऊन तर बस् बन्देज थियो आबाज आऊनु भएन सिंहदरबारसम्म जसले गर्दा जनताका पसिना, दुख, पिडा बोकेर कर्णाली नदि तराई कुदिरह्यो चुपचाप-चुपचाप । मान्छे अनुहार-आचरण नबद्ले पनि अब बेला बद्लिएको छ – समय फेरिएको छ र जनताको दैलोमा पुग्दैछ आफ्नै भबिष्य आफै कोर्ने यो महाअभियान ।

जनता राष्ट्रको सर्वश्रेष्ठ शक्ति हो र यो शक्ति सहि ढंगले-सहि समयमा -सहि ब्यक्तिबाट प्रयोगमा ल्याऊने हो भने त्यो बिकसित र समृद्ध राष्ट्रको सपना धेरै पर छैन तर त्यसको लागि जनता जाग्न आवश्यक छ । आफ्ना व्यक्तिगत स्वार्थबाट माथि उढ्नुहोस किनभने एक व्यक्तिको प्रगति सम्पूर्ण समाजको प्रगति नबन्न सक्छ तर एक सभ्य समाजको निमार्ण र प्रगति तमाम व्यक्तिका लागि प्रगतिको बाटो बन्न सक्छ ।

आफ्ना अधिकार र कर्तव्यलाई सहि ढंगले पालना गर्दै इमानदारीता र पारदर्शिताको रोज्न म सबैमा आग्रह गर्न चाहन्छु । तपाईको आज एक गिलास जाँड-रक्सिको लालचले आऊने पुस्तालाई एक गिलास पानीको अभाव झेल्न नपरोस । समाजका हरेक सवालहरु कतै-न-कतै तपाईका पनि सवाल हुन त्यसैले होस् गर्नुहोस जंगलमा लगाएको आगो डढेलो बनेर तपाईको घरसम्म नपुग्ला भन्ने के छ र पुग्यो भने तपाईसगँ पश्चाताप बाहेक केहि बाकिँ रहनेछैन ।

पैसाले किनिएको पद-लोभ लालचले पाएको स्थान-स्वार्थले जगडिएको मानसिकताको एकमात्र उद्देश्य रहन्छ त्यो पद-मर्यादा र शक्तिको दुरुपयोग त्यसैले कसैको क्षणिक आश्वासनमा नअल्झिनुहोस -कसैका चिप्ला कुरामा नचिप्लिहोस विशेष गरि त्यो युवा शक्ति जसको दुरुपयोग गराएर कुर्सीको मुल्य तोकिन्छ त्यो कुसंस्कारलाई रोक्न आवश्यक छ यदि साँचिक्कै हामी समाज र राष्ट्र प्रति वफादार छौ भने यदि वास्तवमै हामी परिवर्तनका पक्षधर हौ भने नत्र महान बन्ने आकांक्षामा यहाँ मान्छे कतिसम्म गिर्छ यो कुरो भनिरहनु नपर्ला ।

समाजका त्यस्ता व्यक्तिलाई अगाडि सार्नुहोस जो खुल्ला ह्दय बोकेर-क्षमता बोकेर-मन र मस्तिष्कमा बिकासका बाटाहरु रोजेर व्यक्तिगत स्वार्थिमाथि उठेर आम जनताको लागि केहि गर्ने दृढ़ संकल्प गर्छ -अठोट गर्छ र नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्छ । पार्टी सगंको आस्था अलग ठाऊमा होलाm -सिद्धान्त र बिचारहरु भिन्न होलान -आफ्ना आफन्तहरु होलान् तर यो बेला भनेको यि सबै कुराहरुबाट माथि उठ्नु हो र सहि व्यक्तिलाई सहि ठाँऊमा ल्याऊनु हो ।

आउनुहोस ,
यो बेला भनेको चुपचाप निदाएर -लडेर- सुनेर बस्ने बेला हैन आफ्ना बिचारलाई आफ्ना आवाजलाई सशक्त बनाएर परिवर्तनको बाटोमा लम्किने बेला हो यो । कैयन बर्षसम्म थुप्त्रिएर बसेको सिंहदरबारको सफेद पर्खालभित्रको कालो कर्तुतलाई अब जनताले बढार्ने बेला भएको छ त्यसको लागि पहिला आफ्नो घर-दैलोमा दुईहात जोडेर चुनाबको बेला लम्किने अनुहारहरुलाई निहाल्नुहोस् राम्ररी निहाल्नुहोस र याद राख्नुहोस् यो बेला भनेको इतिहास रट्ने बेला होईन इतिहास रच्ने बेला हो त्यसैले भन्नुहोस, मेरो भोट : सक्षम नेतृत्व-समृद्ध कर्णाली : मेरो अठोट
धन्यवाद ।।

न्यौपाने रास्कोट नगरपालिका कालिकोटका स्थानिया वासिन्दा हुन् । उनि सामाजिक कार्यमा सकृय छन् । 

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...