Motivate News

नबिनबाबु गुरुङले निर्देशनमा नयाँ म्युजिक भिडियो ‘के देखेथे ‘ (हेर्नुस् भिडियो)

काठमाडौं – रङ्गमंच हिजोआज कलाकारितामा लाग्न चाहने युवायुवतीहरुको मुख्य गन्तब्य बन्न थालेको छ| रङ्गमंच अनि अभिनय कलाको ज्ञान पश्चात कलाकारितामा लाग्ने युवाहरु बढ्न थालेको छ | यसैविच रङ्गमंचमा आफ्नो कला प्रस्तुत गरिसकेका सगर थापा म्युजिक भिडियोमा जम्ने क्रममा छन् | एकपछि अर्को म्युजिक भिडियोमा छाई रहेका सगर थापाको नयाँ म्युजिक भिडियो ‘के देखेथे ‘ सार्वजनिक भएको छ |
सब्बु गुरुङसंग जोडी बाँधिएको यो म्युजिक भिडियोमा सागर संगै सब्बुको अभिनय पनि उत्तिकै उत्कृष्ठ देख्न सकिन्छ | यद्यपि सब्बु गुरुङ पनि सुनिल पोख्रेलसँग अभिनय सिकी रहेकी कलाकार हुन्|


लोक राईको शब्दमा दिनेश सुब्बाको संगीत अनि राजेशपायल राइको स्वर रहेको यस गीतको म्युजिक भिडियोलाई फोटोपत्रकार तथा चर्चित निर्देशक नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका छन्|
शुक्रबार मात्र रिलिज भएको उक्त म्युजिक भिडियो बाट आफुले राम्रो प्रतिक्रिया पाएको र कलाकारहरुको अभिनयको पनि उत्तिकै प्रसंसा भएको निर्देशक नबिनले बताएका छन्|

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

चर्चित गायक प्रमोद खरेलले गाए पहिलोपल्ट देउडा गीत ‘देउडा खेल्छु चट्टै’ (हेर्नुस भिडियो)

काठमाडौं  – प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयाैँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज...

गायक जीवन ढुङ्गेलको गीत ‘तिमी फूल भएर…’को भिडियो सार्वजनिक

काठमाडौं – गायक  जीवन  ढुङ्गेलले भर्खरै आफ्नै शब्द/संगीतमा नेपालको चर्चित गायिका मेलिना राईसँग युगल गीत “तिमी फूल भएर…”  बजारमा सार्वजनिक गरेका छन। विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय  संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको...

मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज (हेर्नुस भिडियो)

काठमाडौं – यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसंग रोमान्टिक मुडमा...

गायक आतिस लामाको ‘पाउमा पाउजुले’ यसरी ततायो गोदावरीको माहोल

काठमाडौं – ‘पाउमा पाउजु छमछम,हातैमा चुरा छमछम…… गाउँको हिरो म गर्छन सव सलाम फुर्सद मिलाउ कान्छी फिलिम हेर्न जाउँ’ गत शनिवार यो गीत गोदावरी पार्कमा गुन्जिंदा पार्कभित्र यत्रतत्र छरिएर बसेका दर्शक स्रोताको ध्यान तानिएको थियो । यो गीत चर्चित गायक आतिस लामाको एल्वम...