Motivate News

देशको सच्चा पहरेदार हो नेपाल तरुणदल – जितजंग बस्नेत

कात्तिक १९,काठमाडौं – तरुणदल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विभिन्न क्षेत्रका युवा व्यवसायी तथा पेशाकर्मीहरुलाई तरुणदलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा साधारण सदस्यता प्रदान गरेका छन। विभिन्न ४ जिल्लामा समाजसेवा तथा व्यवसायीक क्षेत्रमा सफल रहेका गोरखाका शरण आले मगर , उमेश कुमार तामाङ्ग–मोरङ्ग , राजकुमार घिसिङ्ग–सिन्धुपाल्चोक, विक्रम गुरुङ्ग–गोरखा लाई तरुणदल मा प्रवेश गराएका छन।

गायक अविनास घिसिङ्गको पहलमा उनीहरुलाई तरुणदल प्रवेश गराइएको थियो। साधारण सदस्य प्रदान गर्ने क्रममा अध्यक्ष बस्नेतले  तरुणदल देशको सच्चा पहरेदार युवा संगठन हो र  गठनको मर्ममा रहि उर्जावान र क्षमतावना तरुण युवालाई आवश्यक भुमिका समेत प्रदान गरिने बताए ।

प्रतिकृया दिनुहोस्

साउनदेखि सबै श्रमिकले तलब बैंक मार्फत नपाउने

असार ३२,काठमाडौँ– सरकारले साउन १ गतेदेखि सबै क्षेत्रका श्रमिकको तलव अनिवार्य बैंक खातामार्फत भुक्तानी गर्नु पर्ने निर्णय कार्यन्वयन नगर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले क्षेत्र अनुसार छुट्टाछुट्टै मितिदेखि लागु हुने निर्णय गरेको हो। मन्त्री परिषद्को निर्णय अनुसार नेपाल सरकार,...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार – महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने...

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

काठमाडौँ, ३२ असार – उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू...

महिलालाई बलात्कार गर्ने चार बलात्कारी रंगेहात पक्राउ

गाईघाट, उदयपुर, ३२ असार – एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...