Motivate News

राष्ट्रपतिलाई डा. केसीको एकहप्ते अल्टिमेटम,माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी

 

कात्तिक २१ ,काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समय सीमा दिएका हुन् । गत ६ कात्तिकमा मन्त्रिपरिषद्ले ल्याएको चिकित्साशिक्षा अध्यादेश १५ दिन सम्म प्रमाणीकरण नगरी रोकेको आरोप लगाउँदै उनले तत्काल प्रमाणीकरण नगरे राष्ट्रपतिले समेत ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘राष्ट्रपति जस्तो व्यक्ति जनताको हितमा लाग्न छाडेर माफियाको जालमा पस्नु गलत हो,’ डा. केसीले भने, ‘म अनशनमा बस्दा बडो चासो र चिन्ता व्यक्त गर्ने राष्ट्रपति अहिले अध्यादेश रोक्न किन लाग्नुभयो, मलाई आश्चर्य लागेको छ ।’
अबको अनशनमा राष्ट्रपतिको राजीनामा माग्ने हो, भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘राष्ट्रपतिको राजीनामा माग्ने–नमाग्ने भन्दा पनि किन प्रमाणीकरण नगरेको ? यसमा आशंका छ । अत्यावश्यकीय रूपमा रहेको अध्यादेश रोक्ने अधिकार उहाँलाई छैन । मैले एकहप्ते अल्टिमेटम दिएको छु । समयसीमा भित्र प्रमाणीकरण भएन भने कुन मुद्दा उठाएर आन्दोलनमा जान्छु, सोही वेला सार्वजनिक गर्नेछु ।’
नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...