Motivate News

यसरी जितेका थिए रामहरीले ओखलढुंगाका जनताको मन, के फेरी चुनाव जित्लान ?

काठमाडौं – आगामी मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको निर्वाचन निकै रोचक हुने देखिएको छ । प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली काँग्रेसका लोकप्रिय यूवा नेता रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार मुख्य चुनाबी प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

रामहरि र यज्ञराज दुबै जना चर्चित युवा नेता हुन । काँग्रेस नेता रामहरी खतिवडाले अघिल्लो संसदको कार्यकालमा ओखलढुंगा र समग्र देशकै लागि खेलेको भुमिकाका कारण बाम गठबन्धन नै भएपनि त्यसलाई चुनौति दिन सक्ने क्षमता छ खतिवडासंग । अरु कुरामा प्रतिशपर्धा गर्ने तर जिल्लाको विकासको हकमा जाति र पार्टीबाट माथि उठ्नुपर्छ भन्ने उनको विचारले धेरैलाई आकर्षित गरेको छ ।
आफ्नै पार्टीको पनि नराम्रो कुराको विरोध गर्ने र जनताको सवालमा संसदमा खरो रुपमा संसद अवधि भरिनै प्रस्तुत भएका कारण विपक्षी पार्टीकै पनि मन जित्न सफल रहे उनी ।

यस पटकपनि आफ्नो चुनाबी मावल असाध्यै राम्रो भएको रामहरि बताउँछन् । आफ्नो निर्वाचन क्षेत्रमा बाम तालमेलको कुनै असर नदेखिएको उनको भनाइ छ । आफूले जनताको काम गरेकाले आफैले चुनाब जित्ने उनको दाबी छ । आफू गएको ठाँउमा एमाले र माओबादी हुदै नभएको जस्तो देखिएको उनले बताए ।

खतिवडाले भने, ‘पहिलो पटक सांसदमा निर्वाचित भएपछिको साढे ३ बर्षे कार्यकालमा म ११३ पटक ओखलढुंगा जाने र आउने काम गरें । म नपुगेको कुनै गाँउ नै छैन । एउटै गाँउमा ६÷७ पटकसम्म पुगेँ । जनतालाई जनप्रतिनिधि भएको अनुभूति दिएँ । यतिमात्रै होइन, लिखू, दुधकोसी र मोलुङ करिडोरका सडक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेँ । साँघुटार घोराखोरी हुँदै ओखलढुंगासम्म जाने सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु गरियो । नबलपुर, कोसहाट ककनी सडकमा २५ करोड रुपैयाँ बजेटमा सडक निर्माण हुँदैछ । ९ करोड रुपैयाँमा सुनकोसीमा पुल निर्माण भइरहेको छ ।

यो जिल्ला भूकम्प प्रभावित जिल्ला हो । खतिवडाले आफ्नै खर्चमा हेलिकप्टरबाट भुकम्प पिडितलाई राहत रकम घरैमा पुर्याएका थिए भने सांसद बापत प्राप्त हुने सम्पूर्ण तलव भक्तासमेत जिल्लाकै विकास निर्माणमा खर्चिएका थिए । एकिकृत सेवा केन्द्र स्थापना गरेर गाउमै पासपोर्ट, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा जस्ता आधारभूत सेवा दिने काम गर्नाका साथै अपांगता भएका ब्यक्तिहरुलाई घरमै गएर परिचयपत्र दिने ब्यवस्था उनकै पहलमा मिलाइएको थियो ।

निर्वाचन जिते यस्तो उनको भावि योजना..

खतिवडाले मोटिभेटसंग कुरा गर्दै आगामी योजना यसरी सुनाए, ‘लिखु ४ जलविद्युत योजना सुरु हुदैछ । दुधकोशीबाट विद्युत उत्पादन गरेर उज्यालो ओखलढुंगा बनाउनको लागि १ अर्ब ४३ करोड रुपैयाँ बजेट छुट्टिएको छ । त्यसलाई उच्च महत्वका साथ अगाडि बढाँउछु । दुधकोशी करिडोरको बाटो सोलूसम्म जोड्छु । मोलुङ करिडोरको बाटो माथिसम्म लान्छु । लिखु करिडोरको बाटो सिरिसेसम्म पुर्याउछु । सिरिसेको पुल चाढै निर्माण सक्न पहल गर्नेछु । जनताका आधारभूत सेवा जनताले आफ्नै ठाउँमा पाउने गरी ब्यवस्था मिलाउछु । कृषिको आधुनिकीकरण गरी युवालाई बिदेश जाने क्रम रोक्न पहल गर्छु ।’

यस्तो छ अघिल्ला निर्वाचनको तथ्यांक..

ओखलढुंगा जिल्लाको हकमा दुइटा निर्वाचनको तथ्यांकलाई हेरेर विश्लेषण गर्न पाइने सुबिधा छ । २०७० को संबिधानसभा निर्वाचनमा २ निर्वाचन क्षेत्र रहेको सो जिल्लामा प्रतिनिधिसभा निर्वाचनको लागि एउटा मात्रै क्षेत्र छ । त्यसकारण सो निर्वाचनको तथ्यांक अहिलेको लागि पनि उपयोगी हुन सक्छ । यस्तै २०७४ को स्थानीय तह निर्वाचनको तथ्यांकका आधारमा पनि विश्लेषण गर्न सकिन्छ ।

यी दुबै निर्वाचनको तथ्यांक हेर्दा लोकतान्त्रिक गठबन्धका रामहरि र बाम गठबन्धका यज्ञराजको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गत संबिधानसभा निर्वाचनमा एमालेले क्षेत्र नम्बर १ बाट १२ हजार ९४३ र क्षेत्र नम्बर २ बाट ८ हजार ५१० गरी २१ हजार ४५३ मत पाएको थियो । माओबादीले दुबै क्षेत्रबाट गरी ६ हजार ५९९ मत पाएको थियो । एमाले र माओबादी दुबैको मत जोड्दा २८ हजार ५२ मत हुन्छ ।

एमाले र माओबादीको मत जोड्दा पनि काँग्रेस धेरै पछाडि छैन । काँग्रेसले क्षेत्र नम्बर १ बाट ९ हजार ९४३ र क्षेत्र नम्बर २ बाट १३ हजार ९०४ मत पाएको थियो । दुबै क्षेत्रबाट गरी काँग्रेसको मत २३ हजार ८४७ मत थियो । २०७० को संबिधासभा निर्वाचनको तथ्यांक हेर्दा बाम गठबन्धनभन्दा काँग्रेस गठबन्धन करिब ४२ सय मतले अगाडि छ ।

गत स्थानीय तह निर्वाचनको तथ्यांक पनि हेरौं । स्थानीय तह निर्वाचनमा काँग्रेस एक्लैको मत २६ हजार १०५ थियो भने एमाले र माओबादीको गरी ३४ हजार १३१ मत थियो । यो तथ्यांकको आधारमा बाम गठबन्धन काँग्रेसभन्दा करिब ८ हजार मतले अगाडि छ ।
तर, विगतको तथ्यांकको आधारमा मात्रै यसले चुनाब जित्छ भन्न सकिँदैन । किनभने २०६४ को पहिलो संबिधानसभा निर्वाचन अगाडि ओखलढुंगामा माओबादी थिएन । तर, २०६४ को संबिधानसभा निर्वाचनमा दुबै क्षेत्र माओबादीले जित्यो । फेरि २०७० को संबिधानसभा निर्वाचनमा माओबादीले ओखलढुंगामा जम्मा ६ हजार ५९९ मत मात्रै पायो । यद्येपी अघिल्ला निर्वाचनको मतपरिणाम मुल्याकंनको एउटा आधार मात्र हुन सक्छ मुख्य आधार चाही उमेद्वारको व्यक्तित्व, उसले विगतमा खेलेको भुमिकाले नै मत विभाजनमा महत्वपूर्ण अर्थ राख्दछ । जनताका हरेक समस्या समाधानमा सारथी बनेका र राष्ट्रिय राजनितिमा पनि आशालाग्लो नेताका रुपमा उदाउँदै गरेका रामहरी खतिवडाले यसपटक पनि ओखलढंगाका जनताको मन जितेर विजयीको माला लगाउँन सक्छन् ।

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...