Motivate News

निस्वार्थ ढंगले जनताको सेवा गर्छु : राजेन्द्रवीर राय

स्थानीय चुनाव सम्पन्नपछि राजनीतिक पार्टी र तिनका नेताहरूलाई यतिबेला फेरि प्रदेश र संघीय प्रतिनिधि सभाको चुनाव लागेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण पार्टी र तिनका उमेद्वारहरू कम्मर कसेर रातदिन चुनावी दौडामा छन् । आस्थाको हिसाबले कुनै राजनीतिक दलसँग नजिक तर अन्य व्यवसायमा लागेर सफलता प्राप्त गरेका व्यवसायीहरू पनि यो पटकको चुनावको प्रतिस्पर्धामा उत्रेका छन् । त्यस्तै धेरै व्यवसायमा हात हालेर सफल भएका एक व्यवसायी हुन् नेपालगन्जका राजेन्द्रवीर राय । उनी आफुलाई व्यवसायी मात्र नभई राजनीतिज्ञ पनि भन्छन् । उनी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय सदस्य पनि हुन् । पुर्खेउली घर सल्यान भएर काठमाण्डौं र नेपालगन्जमा थुप्रै उद्योग संचालनगरि सफल भएका व्यवसायी तथा राजनीतिज्ञ राय यो पटक सल्यान क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रत्यक्ष उमेद्वारका आकांक्षी हुन् । चुनाव जितेर गएपछि आफ्नो जिल्ला र क्षेत्रका जनतालाई के गर्ने भन्ने लक्ष्यसहितको एजेण्डाको सन्दर्भमा उनै रायसँग गरिएको छोटो कुराकानीको सम्पादित अंश ।

तपाईं उद्योग व्यवसायमा सफल व्यक्ति किन राजनीति रोज्नु भयो ?

मैले जीवनमा टप खालका धेरै उद्योग धन्दाहरू नेपालमा खोले र संचालन पनि गरे । अहिले पनि मसँग केही उद्योग धन्दाहरू छन् । म अहिले प्रत्यक्ष उद्योगमै जोडिएको छु । तर, राजनीतिमा म अहिले मात्र जोडिएको भन्ने सत्य होइन । उद्योग व्यवसाय सँगसँगै म राजनीतिमा पनि विगतदेखि नै जोडिएको थिए । हिजोआज अलि बढी सक्रिय हुँदा केहीलाई अहिले राजनीतिमा जोडिएको जस्तो लागेको होला । कुरा त्यस्तो होइन । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको म अहिले पनि केन्द्रीय सदस्य हुँ ।

केहीसमय यता म राजनीतिमा सक्रिय भएर हिडेको छु । किनकि उद्योगको भन्दा राजनीतिको दायरा फराकिलो हुन्छ । जनताको सेवा गर्ने स्थान राजनीतिमा ठूलो हुन्छ । उद्योगबाट भन्दा धेरै जनताको सेवा राजनीतिबाट गर्न सकिएला भनेर निस्वार्थ ढंगले म अहिले यो क्षेत्रमा होमिएको छु । मलाई सबै जनताको सहयोग चाहिन्छ । म सफल भए भने सबै जनताको सेवा निस्वार्थ ढंगले गर्न सक्छु भन्ने मेरो विश्वास छ । अझ बढी त म जन्मेको ठाउँका जनताको सेवा गर्ने चाहाना मेरो तीब्र छ । यो मेरो प्रतिबद्धतापनि हो ।

जनताको सेवा गर्नु हुन्छ भन्ने कसरी पत्याउने, अहिलेका राजनीतिज्ञमा त त्यस्तो देखिएन नि ?

अरूले के गरे र के गर्छन् त्यो मैले भन्न सक्ने कुरा भएन । तर, मलाई जनताले चाहे भने निस्वार्थ ढंगले म जनताको सेवा गर्छु । किनकि अहिलेका चुनाव जितेर गएका जनप्रतिनिधिहरू अधिकांशमा निजी स्वार्थ, अझ भनौ आर्थिक प्रलोभन बढी देखियो । मलाई अब जिन्दगीमा जनप्रतिनिधि भएर कमाउला भन्ने स्वार्थ, लालच र प्रलोभन केही पनि छैन् । मैले व्यवसायबाट आफुलाई आवश्यक पर्ने आर्थिक कमाई सके । धन सम्पत्ति आफुलाई पुग्ने पर्याप्त छ । मसँग अहिले पनि उद्योगहरू छन् । मेरो अबको चाहाना भनेको निस्वार्थ ढंगले जनताको सेवा गर्ने हो । अझ त्यसमा पनि आफु जन्मेको ठाउँको जनताको निस्वार्थ ढंगले सेवा गर्ने मेरो ठूलो धोको छ । किनकि म हिजो त्यो ठाउँमा हुँदा ठूलो दु:ख कष्ट पाएको थिए । आजपनि स्वास्थ्य, शिक्षा र रोजगारीबाट त्यो ठाउँ पछाडि नै छ । त्यहाँका सम्भाव्यतालाई खोजेर विकास गर्नु पर्छ भन्ने मेरो एक मात्र चाहाना छ ।

जनतासँग तपाईका चुनावी एजेण्डा या प्रतिबद्धताहरू के हुन् ?

मेरा प्राथमिकता र प्रतिबद्धताहरू यस्ता छन्- पहिलो भ्रष्टाचारलाई न्यनिकरण गर्छु म । किनकि अहिले भ्रष्टाचारले मुलुक ग्रस्त छ । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाइन्छ । यसो भयो भने विकासले गति लिन्छ भन्ने मेरो विश्वास छ । दोस्रो राम्रो र सुविधा सम्पन्न हस्पिटल स्थापना गर्ने मेरो लक्ष्य छ । किनकि सल्यान अहिले पनि भौगोलिक रुपमा विकट छ । सामान्य उपचार नपाएर नागरिकको अकालमा मृत्यु हुन्छ । सर्वसाधारण विरामी हुँदा कि त २२ घण्टा यात्रा गरेर काठमाण्डौं जानुपर्छ कि त ८/ ९ घण्टाको यात्रामा नेपालगन्ज जानु पर्ने बाध्यता छ । एउटा सुविधा सम्पन्न हस्पिटल त्यहा स्थापना गर्न सकियो भने त्यहाँका जनताले अकालमा ज्यान गुमाउनु पर्दैन । तेस्रो बैकल्पिक सडक मार्ग निर्माण गर्न सकियो भने पनि सर्वसाधारणलाई धेरै सहज हुने छ । फास्ट ट्रयाक (द्रुत मार्ग ) खोल्न सकियो भने नेपालगन्ज देखि सल्यानको दुरी भनेको ५८ किलो मिटर जतिको होला । आवतजावतमा सहज हुने छ । यात्रा समयको हिसाबले पनि छोटो हुने छ । चोथौ अहिले सम्म ठाउँ हुँदा हुँदै पनि एयरपोर्ट छैन । त्यसको पनि म पहल गर्छु । पाँचौ सम्भाव्यता हेरी उद्योग धन्दा संचालन गरेर युवाहरूलाई रोजगारीको अवसर दिने मेरो योजना छ । यी लगायत मसँग अरू थुप्रै योजनाहरू छन् ।

यी त धेरै महत्वाकांक्षी योजना भएनन् र कसरी पुरा होलान ?

मैले यी योजनाहरू चुनाव जित्नको लागि भनेको होइन । यी योजनाहरू हेर्दा महत्वाकांक्षी जस्तो लागेपनि पुरा गर्न कुनै कठिनाई छैन् । जनप्रतिनिधिको इच्छा शक्ति भयो भने छोटै समयमा यी योजना पुरा गर्न सकिन्छ । यी त त्यहाँका जनताको लागि आधारभूत र आवश्यक कुराहरू पनि हुन् । जनप्रतिनिधिले पुरा गर्नै पर्छ । मलाई विकास र उद्योग सम्बन्धी धेरै ज्ञान भएकाले जनताले अवसर दिएमा म यी योजना पुरा गर्छु । यसअघि पनि मैले धेरै उद्योग धन्दाहरू खोले म सफल भए । लगनशीलता, इमान्दारीता, निरन्तरता चाहिन्छ कुनैपनि योजना सफल पार्न । अर्को कुरा शिक्षापनि चाहिन्छ । मैले पोलटिक्स र इकोनोमिक्समा स्नातकोत्तर गरेको छु । अब भारतको कलंगा युनिभर्सिटी रायपुरबाट पिएचडी पनि गर्दै छु । यी सबै कुरालाई हेर्यो भने सल्यान क्षेत्र नं २ को सन्दर्भमा म सक्षम उम्मेद्वार हुँ भन्ने मेरो दाबी छ ।

यहाँले धेरै प्रतिष्ठित उद्योग धन्दा खोले भन्नु भयो, गाउँबाट काठमाण्डौं या शहरमा आएर कसरी उद्योग खोल्नु भयो ती उद्योगहरू के के थिए सम्झना छ ?

आफैले खोलेका उद्योगहरू सम्झना किन न हुनु नि । राम्रो सँग याद छ मलाई । हेर्नुहोस् मेरो बाल्यकाल असाध्यै दु:ख कष्टप्रद ढंगले बित्यो । मेरो जन्म शारदा नगरपालिका वडा न· ३ बयलडाँडा सल्यानमा भएको हो । म सानै हुँदा आमा वुवा बित्नु भयो । मैलै प्राथमिक शिक्षा सल्यान श्रीनगरमा प्राप्त गरे । खुट्टमा चप्पल हुँदैन्थ्यो । स्कूल जादा खाजा नास्ता केही पनि हुँदैन्थ्यो । बडो कठिन ढंगले पढे । माध्यमिक शिक्षा प्युठान महेन्द्र माविबाट प्राप्तगरि उच्च शिक्षाको लागि काठमाण्डौं गए । मैले धेरै मेहनत गरेर उच्च शिक्षा अध्ययन गरेर सफल भए ।
त्यसपछि उद्योग तिर रुची बढ्यो र शुरूमा रारा कम्युटर खोले । काठमाण्डौंमा ललितपुर फाइन्यान्स कम्पनी लिमिटेड, गुहेश्वरी फाइन्यान्स, ग्लोमोर मर्चेन्ट बैंकर खोलेर सफल भए । यस्तै बाँकेको बनकटवा – ७ मा १० विगा क्षेत्रफलमा झण्डै ७/८ करोडको लगानीमा राय फर्म संचालन गरे । उद्योग राम्रोसँग संचालन भएको थियो । २०६० सालतिर सामन्तको पृष्ठपोषकको आरोप लगाएर तत्कालीन माओवादीले ध्वस्त बनायो । यसअघि नेपालगन्जमा पनि सुप्रिम अटो मोबाइल्स, निगालचुला ट्रेडर्स, सिभिल प्रोसेसिंग इण्डष्ट्रिज, सिभिल प्लास्टिक इण्डष्ट्रिज, नेपाल पानमसला उद्योग संचालन गरेर बिक्री गरे । अहिले कर्णाली विकास बैंक सँग आबद्ध छु । यसको म संस्थापक कार्यकारी अध्यक्ष पनि हुँ । यो बैंक अहिले राम्रैसँग चलिरहेको छ । यसका १३ वटा शाखा छन् । ५ शाखामा एटीएम सेवा छ । युनिभर्सल सोप एण्ड केमिकल प्रा·लि· पनि मेरै हो चलिरहेको छ । अब छिट्टै राय प्रिन्ट प्याक पनि संचालनमा आउदै छ । अहिले पनि सफल नै छु ।

अब अन्त्यमा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई के भन्नु हुन्छ ?

सल्यान २ न· क्षेत्रका जनतालाई मेरो अपिल छ । म निस्वार्थ ढंगले तपाईंहरूको सेवा गर्न यसपटक काँग्रेस र राप्रपा नेपालको लोकतान्त्रिक गठबन्धनको तालमेलबाट प्रत्यक्ष उम्मेद्वारको रुपमा आउदै छु ।अत्याधिक बहुमतले विजय गराउनुहोस् । शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा दृढ भएरतपाईंहरूको साथमा इमान्दारीपूर्वक लाग्ने छु । यो मेरो प्रतिबद्धता हो । अवसर दिनुहोस् जिम्मेदारी पुरा गर्ने छु ।

प्रतिकृया दिनुहोस्

काठमाडौं ४ का बुद्दिजीवी भन्छन, हाम्रो साथ राजन भट्टराईलाई

काठमाडौ – बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ बुद्दिजीवी सहयोग समितिको बृहत भेला सम्पन्न भएको छ ।चावहिल स्थित ए वान पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एबम निर्वाचन परिचालन कमिटि काठमाडौं क्षेत्र नं ४...

काठमाडौं ४ का बुद्दिजीवी भन्छन, ‘हाम्रा साथ राजन भट्टराईलाई’

काठमाडौं ४ का बुद्दिजीवी भन्छन, हाम्रो साथ राजन भट्टराईलाई काठमाडौ – बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ बुद्दिजीवी सहयोग समितिको बृहत भेला सम्पन्न भएको छ ।चावहिल स्थित ए वान पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो...

वाम सरकारले सम्बृद्धि ल्याउँन सकेन भने सदाका लागि राजनिति छोडिदिन्छु : रामविर मानन्धर

काठमाडौँ – सम्यूक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेद्वार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्यूनिष्ट एकता आजको ऐतिहाँसिक आवस्यकता रहेको भन्दै उनले निर्वाचन पछि बहुमतको वाम सरकार...

प्रेसरकुकर बम र सकेट बम बोकेर काठमाडौं आउँदै गरेका दुई भारतीय धादिङमा पक्राउ

काठमाडौं ।  बम र विस्फोटक पदार्थ बोकेर काठमाडौं आउँदै गरेका दुई भारतीय नागरिक धादिङमा पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ ख ४९७६ नं को बसमा उनीहरुलाई धुनीबेँसी नगरपालिकास्थित त्रिभुवन राजपथको खानीखोलामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट एउटा...