Motivate News

मातृभूमिको सम्झनामा यसरी बगे गायक अनिश पाण्डे (हेर्नुस भिडियो)

काठमाडौँ – लामो समयदेखि बेलायतमा बस्दै आएका गायक अनिश पाण्डेले राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् । जसको बोल छ मेरो नेपाल ।

सार्वजनिक राष्ट्रिय गीतको महिमा वर्णन गर्दै गायक पाण्डे थप्छन् ‘बिदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् ‘देश हाम्रो हो , आमा हाम्री हुन्, आमाको माया जहाँ गए पनि बराबरी, नजिक होस् वा टाढा । पाण्डेले भिडियो सार्वजनिक गरे लगत्तै देश प्रतिको महिमालाई आमासँग तुलना गरेर यसरी बर्णन गरे ।’ गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ ।

महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डे बताउँछन् । गायक पाण्डे अगाडी थप्छन् ‘गीतले युवाहरु मिलेर देश बनाउनुपर्छ र सबै मिलेर यो साझा फुलबारीलाई मायाको न्यानो पन दिनुपर्छ ।’

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

चर्चित गायक प्रमोद खरेलले गाए पहिलोपल्ट देउडा गीत ‘देउडा खेल्छु चट्टै’ (हेर्नुस भिडियो)

काठमाडौं  – प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयाैँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज...

गायक जीवन ढुङ्गेलको गीत ‘तिमी फूल भएर…’को भिडियो सार्वजनिक

काठमाडौं – गायक  जीवन  ढुङ्गेलले भर्खरै आफ्नै शब्द/संगीतमा नेपालको चर्चित गायिका मेलिना राईसँग युगल गीत “तिमी फूल भएर…”  बजारमा सार्वजनिक गरेका छन। विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय  संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको...

मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज (हेर्नुस भिडियो)

काठमाडौं – यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसंग रोमान्टिक मुडमा...

गायक आतिस लामाको ‘पाउमा पाउजुले’ यसरी ततायो गोदावरीको माहोल

काठमाडौं – ‘पाउमा पाउजु छमछम,हातैमा चुरा छमछम…… गाउँको हिरो म गर्छन सव सलाम फुर्सद मिलाउ कान्छी फिलिम हेर्न जाउँ’ गत शनिवार यो गीत गोदावरी पार्कमा गुन्जिंदा पार्कभित्र यत्रतत्र छरिएर बसेका दर्शक स्रोताको ध्यान तानिएको थियो । यो गीत चर्चित गायक आतिस लामाको एल्वम...