Motivate News

चारपटकको विश्व विजेता इटाली विश्वकप फुटबलमा छनौट हुन असफल 

कात्तिक २८, काठमाडौं – चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो ।

स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो । इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो ।

१२ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा जियानलुइजी बुफोनको क्लब इटालीलाई स्वीडेनले निराश पार्‍यो । अवे मैदानमा पराजित भएको इटालीले घरेलु मैदानमा भएको दोस्रो लगेमा गोल गर्न नसक्दा विश्वकप यात्रा तय गर्न सकेन । खेल अवधिभर अधिकांश समय बलमा नियन्त्रण रहेर पनि इटालीले बललाई विपक्षीको पोस्टमा प्रहार गर्न भने सकेन ।

इटालीलाई गोल गर्न नदिनु नै स्वीडेनका लागि विश्वकप यात्रा तय गर्ने बाटो बन्यो । इटालीले २७ पटकसम्म पोस्ट प्रहार गरे पनि त्यो गोलमा परिणत भने हुन सकेन । विश्वफुटबलमा आफ्नो उत्कृष्ट खेल कौशल तथा भव्य व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनका लागि अन्तिम खेल निकै निराशाजनक बन्यो । ३९ वर्षका बुफोनले यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका ले स्वीडेनसँगको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो ।

प्रतिकृया दिनुहोस्

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

  मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड...

बार्सिलोनाद्वारा रियल मुर्सियामाथि ५–० को शानदार जित

मंसिर १४,काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो ।...