Motivate News

यी हुन् विश्वकपका लागि छनोट भएका ३० राष्ट्र

 

कात्तिक २९,काठमाडौं – – अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २९ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्।

अहलेसम्म पाँच पटकको विजेता ब्राजिल, विश्व च्याम्पियन जर्मनी लगायतका राष्ट्र छनोट भइसकेका छन्। यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्।

अब अन्तरमहादेशीय प्लेअफबाट २ राष्ट्रको टुङ्गो लाग्न बाँकी छ।

यी हुन् अहिलेसम्म छनोट भएका राष्ट्र

युरोप : रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन, डेनमार्क

एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया

दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा

अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया

प्रतिकृया दिनुहोस्

विश्वकपको फाइनल आज : क्रोएसिया र फ्रान्समा कसले उचाल्ला उपाधि ?

असार ३१, काठमाडौं – रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने...

रोनाल्डोले रियल म्याड्रिड छोडेसंगै ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास गर्दै रियल

काठमाडौं – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि...

भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी

असार ३१, काठमाडौं – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६ रनमा अलआउट गर्दैै इंग्ल्याण्ड विजयी भयो । भारतका शुरेश रैनाले...

इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो

असार ३१, काठमाडौं – इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन...