Motivate News

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा मात्रै भष्ट्राचार गरेको प्रमाणित गरे आजीवन राजनिति नगर्ने प्रतिवद्धता गरेका हुन् ।

काठमाडौं महानगर पालिका वडा नम्बर १६ को दुई पटक वडाध्यक्ष, एक पटक काठमाडौं क्षेत्र नम्बर ७ बाट संविधान सभाको सदस्यको रुपमा निर्वाचित भइसकेका उनले आफू सांसद हुदा गरेको सम्पूर्ण बजेट खर्चको श्वेतपत्र प्रकाशित गरेर जनताको घरदैलोको पुगिरहेका छन् । अघिल्लो व्यवस्थापिका संसदमा पनि भष्ट्राचारका विरुद्ध खरो रुपमा प्रस्तुत भएर राष्ट्रिय चर्चा कमाएका उनले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमको जग्गा खरिद प्रकरणमा गरेको अनियमितताका बारेमा बारम्बार खवरदारी गरेका थिए ।

आर्थिक विकास र सम्बृद्धिका थुप्र्रै योजना बोकेर जनताका विचमा गइरहेका मानन्धरको प्रतिशपर्धाा राप्रपाका विक्रम बहादुर थापासंग हुदैछ । यद्येपी नेपाली काँगेसको समेत समर्थनमा उमेद्वार बनेका थापालाई रामविरको चुनौति फलामको चिउरा सरह रहने छ । काठमाडौं ७ मा महानगरको १६, १७, १८ र २५ वडा परेको छ भने तारकेश्वरको ८ वडा र टोखाको पाँच वडा समेटिएको छ ।

गत स्थानिय तहको निर्वाचनमा महानगरको १६ सँगै १७ र २५ वडा कांग्रेसले जितेको थियो भने १८ मा एमाले विजयी भएको थियो । तर, हारेका ठाउँँमा पनि एमाले दोस्रो स्थानमा छ । जबकी राप्रपाको हरेक वडामा भोट निकै कम छ । वडा १६ मा राप्रपाको भोट ५६१ छ भने अन्य वडामा झन कम छ । वडा नम्बर १६ काँग्रेसले जितेपनि मानन्धर सोही वडाको स्थानिय वासिन्दा भएका कारण र दुई पटकसम्म उनी सोही वडाबाट वडाध्यक्षमा निर्वाचित भइसकेका कारण त्यहाँ उनको राम्रो पकड रहेको छ । समग्रमा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।

यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । प्रतिनिधी सभा सदस्यका लागि काँग्रेसले उमेद्वार सिफारिस गरेपनि पार्टीले कमजोर मत रहेको राप्रपाका लागि ठाँउ खालि गरिदिएपछि काँग्रेसका स्थानिय कार्यक्रर्तामा असन्तुष्टि देखिएको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ नै त्यसमाथि कमजोर संगठन रहेको राप्रपाको उमेद्वार र स्थानिय काँग्रस कार्यक्रताको असन्तुष्टिका कारण फराकिलो मतान्तरले मानन्धर विजयी हुने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...