Motivate News

आरएमई क्लवको पोल्टामा जेटीकप क्रिकेट प्रतियोगिता

मंसिर २, कैलाली – कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ ।

आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो ।

यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ ।

आज भएको फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्दश नमुनाले ११.४ ओभर खेल्दै सवै विकेट गुमाउदै ५८ रन जोडन सफल भएको थियो । आर्दश नमुनालाई ५८ रनमा समेटने क्रममा आरएमई टीकापुरका विवेक न्यौपानेले ३ विेकट तथा राजन राज रेग्मी र भविष्य धामीले समान २÷२ विेकेट लिए ।
५९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आरएमई टीकापुरले ७ ओभर खेल्दै १ विकेट गुमाउदै उपाधी चुम्न सफल भएको हो । आर्दश नमुनालाई जित दिलाउने क्रममा संजय बोहराले २१ बलमा ३१ रनको नटआउट पारी खेलेका थिए । उनि म्यान अफ द म्याच भए ।

प्रतियोगितामा प्रथम हुदै आरएमई टीकापुरले नगद ४१ ह्जार १ सय ११ मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ भने आर्दश नमुनाले नगद १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसै गरी म्यान अफ द सीरीज संत निरकारीका कुशल कठायतले नगद ३ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन , उत्कृष्ट ब्याटसम्यान बसन्त मुरारी बौनियाका विवेक विकले नगद २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन । यस्तै प्रतियोगिता भरीनै उत्कृष्ट बलिङ गरेर उत्कृष्ट बलर बन्दै लिटील फलावर धनगढीका प्रेम बमले २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । र प्रतियोगिता भरीनै उदयीमान खेलाडी का रुपमा सर्वोदय माविका मगंल भुलले नगद नगद २ हजार १ सय ११ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता आज एक भव्य समारोहका विच समापन भएको छ । जगततारा ईङिलस बोर्डिङ स्कुलका संस्थापक तथा खेल सयोजक एकेन्द्र मल्लको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलीराम चौधरी रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले आगामी वर्ष मुडाबजार स्थित खेल मैदानलाई बर्दगोरिया गाउपालिकाकाले व्यवस्थित गरी जेटी क्रिकेट सञ्चालानार्थ आर्थिक भौतिक रुपमा सहयोग गर्ने बताउनुभयो । खेल सञ्चालन गर्नु रामो्र भएको बताउदै यस कार्यलाई निरन्तरता दिई अन्तर निहीत प्रतिभावान खेलाडीलाई अगाडी बढाउन सहयोग पुगेको बताउनु भयो ।

यस्तै कार्यक्रमको समापन गर्दै जगतताराका सस्थापक एकेन्द्र मल्लले आगामी वर्ष प्रतियोगिताको रासि बृद्धि गरेर प्रथम परस्कार ६१ ह्जार र द्धितिय पुरस्कार ३१ ह्जार प्रदान गरीने बताउनु भयो । प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

विश्वकपको फाइनल आज : क्रोएसिया र फ्रान्समा कसले उचाल्ला उपाधि ?

असार ३१, काठमाडौं – रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने...

रोनाल्डोले रियल म्याड्रिड छोडेसंगै ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास गर्दै रियल

काठमाडौं – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि...

भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी

असार ३१, काठमाडौं – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६ रनमा अलआउट गर्दैै इंग्ल्याण्ड विजयी भयो । भारतका शुरेश रैनाले...

इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो

असार ३१, काठमाडौं – इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन...