Motivate News

अम्बिकाको गीतलाई भिडियोमा यसरी उतारिन अनिशाले (हेर्नुस भिडियो)

काठमाडौँ – विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय  भन्दा बढि गीतहरु रेकर्ड भैसकेका  छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

पछिल्लो समय गीतकार  गुरुङको शब्दमा नयाँ गीत ‘कहाँबाट सुरु गरौ म तिम्रो त्यो रुपको बयान’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको उक्त गीतमा संगीत प्रकाश लेप्चाको रहेको छ ।

अनिशा के छेत्रीको निर्देशनमा बनाइएको भिडियोमा भुपेन्द्र भट्टराईको छायाङ्कन र सम्पादन हो भने भिडियोमा  नायक राजबल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय देख्न सकिने छ ।
गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

चर्चित गायक प्रमोद खरेलले गाए पहिलोपल्ट देउडा गीत ‘देउडा खेल्छु चट्टै’ (हेर्नुस भिडियो)

काठमाडौं  – प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयाैँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज...

गायक जीवन ढुङ्गेलको गीत ‘तिमी फूल भएर…’को भिडियो सार्वजनिक

काठमाडौं – गायक  जीवन  ढुङ्गेलले भर्खरै आफ्नै शब्द/संगीतमा नेपालको चर्चित गायिका मेलिना राईसँग युगल गीत “तिमी फूल भएर…”  बजारमा सार्वजनिक गरेका छन। विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय  संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको...

मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज (हेर्नुस भिडियो)

काठमाडौं – यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसंग रोमान्टिक मुडमा...

गायक आतिस लामाको ‘पाउमा पाउजुले’ यसरी ततायो गोदावरीको माहोल

काठमाडौं – ‘पाउमा पाउजु छमछम,हातैमा चुरा छमछम…… गाउँको हिरो म गर्छन सव सलाम फुर्सद मिलाउ कान्छी फिलिम हेर्न जाउँ’ गत शनिवार यो गीत गोदावरी पार्कमा गुन्जिंदा पार्कभित्र यत्रतत्र छरिएर बसेका दर्शक स्रोताको ध्यान तानिएको थियो । यो गीत चर्चित गायक आतिस लामाको एल्वम...