Motivate News

रियल मड्रिडको प्रभावशाली जित, अन्तिम १६ मा स्थान पक्का

मंसिर ६,काठमाडौ – साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै समूह ‘एच’ मा रहेका रियल मड्रिडले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो । साबिक विजेता रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले हरायो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई प्रभावशाली जित दिलाउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे ।

२३ औं मिनेटठमा मोड्रिकको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । बेन्जिमाले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । नाचोले ४१ औं मिनेटमा एक गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । दोस्रो हाफमा रियल मड्रिडका लागि रोनाल्डोले दुई गोल गरे । उनले ४९ र ५४ औं मिनेटमा गोल गर्दै रियलको ६–० को जित निश्चित गरे । रियल मड्रिड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । टोटनह्यामको १३ तथा रियल मड्रिडको १० अंक भयो ।

प्रतिकृया दिनुहोस्

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

  मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड...

बार्सिलोनाद्वारा रियल मुर्सियामाथि ५–० को शानदार जित

मंसिर १४,काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो ।...