Motivate News

कार्यक्रम ‘सफलताको बाटो’ को सम्पूर्ण तयारी पुरा, ७ सय यूवाहरु लाभाम्वित हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्न लागेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय यूवाहरुको सहभागिता रहनेछ ।

सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको यस डिजिटल पत्रिकाले संदैव सृजनात्मक, रचनात्मक र उत्प्रेरणात्मक काम गर्दै आएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण मात्र हैन विभिन्न बृहत उत्प्रेरणात्मक कार्यक्रमहरु गर्दै हजारौँ यूवाहरुमा सकारात्मक सोच र सफलताको सुत्र बाँडिसकेको छ ।

यो कार्यक्रममा चर्चित उत्प्रेरक बक्ताका साथै विभिन्न क्षेत्रमा सफलता चुमिसकेका सिद्धहस्त व्यक्तिहरुले आफ्नो सफलताको कथाहरु पस्किदै उत्प्रेरणा प्रदान गर्नुहुनेछ । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले सफलताका लागि चाहिने खुराकहरु दिनुहुनेछ भने अर्थ मन्त्रालयका सचिव संकर प्रसाद अधिकारी, विश्व साइल यात्री पुष्कर शाह, One Leg Dancer रोमा न्यौपाने र प्रविधि अभियान्ता महाविर पुनले आफ्ना सफलताका कथाहरु यूवाहरुको माझमा राख्नुहुनेछ ।

कार्यक्रम राष्ट्रिय नाचघर जमलमा मध्यमन्ह १२ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम अर्थ सचिव संकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम संयोजक शिवशक्ति आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...