Motivate News

आचार संहिता उल्लंघनका २ हजार उजुरी,निर्वाचन आयोग निरीह

मंसिर ६,काठमाडौ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ। निर्वाचन आचार संहिता लागू भए यता आचार संहिता उल्लंघन भएको भन्दै अहिले सम्म २ हजार हाराहारीमा निर्वाचन आयोगमा उजुरी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उजुरी परेका विषयको प्रकृति हेर्दा अधिकांश सरकारले नै आचार संहिता उल्लंघन गरेको आरोप लगाइएको छ।

अधिकांश उजुरी निर्वाचन आचार संहिता मिचेर सरकारले सरुवा गरेको, कर्मचारीको विदेश भ्रमण, राज्यको स्रोत र साधन बाँडेको जस्ता घटनाका उजुरीहरू अत्याधिक परेका छन् । ‘यस घटनाबारे आयोगले छानविन गरी उजुरीहरूलाई किनारा लगाइसकेको छ’ –प्रवक्ता ढकालले भने । घटनाको छानविन गरी कतिलाई स्पष्टीकरण सोधिएको, कसैलाई सचेत गराइएको पनि प्रवक्ता ढकालले जानकारी दिए । यसपटक आयोगले आचार संहिता विपरीत भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको तथा जिल्लाका प्रहरी प्रमुखको सरुवा गर्नु भएको थियो। ‘संवैधानिक निकायको हैसियतले आचार संहिता पालना गराउन आयोग दह्रो भएर उभिनु पथ्र्यो। तर व्यवहारमा यसो भएको पाइँदैन’ –पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने । आयोगले विशेषतः सरकारलाई आचार संहिता पालना गराउन सशक्त भूमिका निर्वाह नगर्दा संवैधानिक हैसियतको आयोग सरकारको लाचार छायाँ जस्तो देखिएको पनि उनको भनाइ छ ।
नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...