Motivate News

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प गरेका छन् ।

कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले यूवाहरुलाई सफलताका सुत्र देखि सफल व्यक्तिमा हुनुपर्ने गुणका बारेमा चर्चा गर्दै उत्प्रेरणा प्रदान गरेका थिए । जीवनमा सफल बन्न अरुका लागि होइन आफ्ना लागि काम गर्नुपर्ने भन्दै अहिले देखिनै आफ्ना लागि ठुलो सपना बनाउन सहभागि यूवाहरुलाई सल्लाह दिएका थिए ।

त्यस्तै प्रमुख अतिथिको रुपमा उपस्थित अर्थ मन्त्रालयका सचिव संकर प्रसाद अधिकारीले आफ्नो सफलताको कथा प्रस्तुत गर्दै यस्तो कार्यक्रममा सहभागि हुने यूवाहरु भाग्यमानि भएको बताए । उनले भने, ‘यदि मैले युवा अवस्थामा यस्ताखालका कार्यक्रममा सहभागि हुन पाएको भए यो भन्दा ठुलो सफलता हात पार्ने थिएँ होला । आज आएर म महत्वपूर्ण कार्यक्रममा सरिक हुने मौका पाएर भाग्मानी महसुस गरिरहेको छु ।’ उनले अगाडी थपे, ‘म सचिवबाट रिटाएर भएपछि नयाँ सपनाका साथ नयाँ काम गर्ने अठोट गर्दछु । यो कार्यक्रम मेरा लागि धेरै उपयोगी बनेको छ ।’

कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता चुमिसकेका सिद्धहस्त व्यक्तिहरुले आफ्नो सफलताका कथाहरु पस्किदै उत्प्रेरणा प्रदान गरेका थिए । विश्व साइल यात्री पुष्कर शाहले सहभागीहरुलाई नेपालको मात्र कुरा गरर नेपाल मात्र घुमाएनन्, उनी साइकलमा यात्रा गरेको विश्वमा सबैलाई एक पटक घुमाए । यात्राका क्रममा भएका राम्रा र नराम्रा घटनाहरुले सहभागिहरुको मन छोएको थिए । उक्त कार्यक्रममा One Leg Dancer रोमा न्यौपानेको प्रस्तुतिले र मोटिभेश्नल स्पिचले झन सहभागिहरुमा केहि गर्ने उर्जा थपिएको थिए । जिन्दगीमा सफलता प्राप्त गर्न केहिले पनि नछेक्ने शिक्षा उनले दिएकी थिइन् ।

साथै कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता प्राप्त गरिसकेको ३ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवाल, प्याव्सनका उपाध्यक्ष तथा भ्यालि पव्लिक माध्यामिक विद्यालयका संचालक (प्रिन्सिपल) कृष्ण प्रसाद अधिकारी र काठमाडौं महानगरलाई उज्यालो शहर बनाउने यूवा उद्यमी रोशन भनिने रंजनराज श्रीवास्तवलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...