Motivate News

सुरक्षामा खेलाँची

मंसिर ७, काठमाडौं – पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चर क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी(सचिव)प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहिन छ ।आजको नागरिकमा खबर छापिएको छ ।

सुर्खेतस्थित क्षेत्रप्य प्रशासन कार्यालयले ६ नम्बर प्रदेशका पूरै १० जिल्ला र ५ नम्बर प्रदेशका ६ जिल्लाको सुरक्षा संयोजन गर्दै आएको छ । यो कार्यालयले निर्वाचनको सुरक्षा अनुगमन,सुरक्षा निकायबीच समन्वय र प्रदेशअन्तर्गतका जिल्लाबीच सुरक्षा संयोजनको जिम्मेवारी बोकेको हुन्छ ।
निर्वाचनका बेला सरकारसँगको समन्वयमा आवश्यक सुरक्षा योजना र व्यवस्थापनको जिम्मेवारी पनि यही कार्यालयले गर्नेगर्छ ।
प्रशासक अध्यक्ष रहने क्षेत्रीय सुरक्षा समितिमा नेपाली सेनाका मध्यपश्चिम पृतनापति,नेपाल प्रहरीका प्रदेश प्रमुख(एआइजी),सशस्त्र प्रहरी बलका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी सदस्य रहन्छन् ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...