Motivate News

बार्सिलोना गोलरहित बराबरीमा रोकियो

मंसिर ७, काठमाडौं – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो । युभेन्टससँगको खेलमा केही समय मात्रै मैदानमा रहेका स्टार स्ट्राइकर लियोनल मेस्सी बेन्चमा बसेर खेल हेरेका थिए ।

गोल गर्ने केही राम्रा अवसर बनाए पनि इटालियन जाइन्ट युभेन्टसले क्याटलान जाइन्ट बार्सिलोनालाई गोल गर्ने मौका भने दिएन । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोनाले लगातार दोस्रो पटक गोलरहित बराबरी खेलेको हो । यसअघि ओलम्पियाकोससँगको खेलमा पनि बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो । त्यो खेल पछिल्लो पाँच वर्षमा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा गोल गर्न नसकेको पहिलो खेल थियो ।

बार्सिलोनाले अवे मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । गएको सिजन च्याम्पियन्स लिगकै क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना युभेन्टसको मैदानमा ३–० ले पराजित भएको थियो । तर यसपटक भने खेल आफ्नो नियन्त्रणमा राख्न त सफल भयो तर गोल भने भएन । गोलरहित बराबरीपछि पनि बार्सिलोना समूह ‘डी’ को विजेता बन्ने सम्भावना बलियो छ । उसको पाँच खेलबाट ११ अंक भएको छ भने युभेन्टसको ८ अंक छ । समूह ‘डी’ अन्तर्गत राति नै भएको अर्को खेलमा स्पोर्टिङले ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

प्रतिकृया दिनुहोस्

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

  मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड...

बार्सिलोनाद्वारा रियल मुर्सियामाथि ५–० को शानदार जित

मंसिर १४,काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो ।...