Motivate News

नेमार र काभानी चम्केपछि पिएसजीद्वारा सेल्टिक ७-१ ले पराजित

 

मंसिर ७, काठमाडौं – फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो।

खेलको पहिलो मिनेटमै गोल खाएपनि पिएसजीले घरेलु मैदानमा ७ गोल फर्कायो। माउसा डेम्बेले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए। तर नेमार र एडिनसन कभानी चम्केपछि सेल्टिकको ही चलेन।

पिएसजीको शानदार जितमा नेमार र काभानीले २-२ गोल गरे। यस्तै मार्को भेराट्टी, केएलिन एमबापे र डानी अल्भ्जले समान १ गोल गरे।

जितपछि पिएसजीले समूह बीमा १५ अंक जोडेको छ। यस्तै पिएसजीसँगै अन्तिम १६ मा पुगेको जर्मन क्लब वायर्न म्युनिखले एन्डरलेक्टलाई २-१ ले हरायो। वायर्नका लागि रोवर्ट लेवान्डास्की र कोरेन्ट टोलीसोले गोल गरे। एन्डरलेक्टका लागि सोफिएल हानीले एक गोल गरे।

प्रतिकृया दिनुहोस्

विश्वकपको फाइनल आज : क्रोएसिया र फ्रान्समा कसले उचाल्ला उपाधि ?

असार ३१, काठमाडौं – रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने...

रोनाल्डोले रियल म्याड्रिड छोडेसंगै ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास गर्दै रियल

काठमाडौं – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि...

भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी

असार ३१, काठमाडौं – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६ रनमा अलआउट गर्दैै इंग्ल्याण्ड विजयी भयो । भारतका शुरेश रैनाले...

इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो

असार ३१, काठमाडौं – इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन...